huatong
huatong
avatar

Upahar Ke Diu - Female Vocals

Shree Krishna Bam Malla/Anju Pantahuatong
pattys_72huatong
الكلمات
التسجيلات
उपहार के दिऊँ, खै, मन परेको मान्छेलाई

हो, उपहार के दिऊँ, खै, मन परेको मान्छेलाई

मुटु चिरी रगतै दिऊँ कि धर्ती, सारा जगतै दिऊँ?

दिलभित्रको आफ्नो मान्छेलाई

मन परेको प्यारो मान्छेलाई

दिलभित्रको आफ्नो मान्छेलाई

हाँसो दिऊँ त साथमा छैन, आँसु रुनुपर्छ

हो, हाँसो दिऊँ त साथमा छैन, आँसु रुनुपर्छ

काँडा दिँदा बिझिदेला, फूल भुईँमा झर्छ

फूल भुईँमा झर्छ

जे दिए नि थोरै हुन्छ मन परेको मान्छेलाई

पूर्णिमाको रात दिऊँ कि मीठो-मीठो बात दिऊँ?

दिलभित्रको आफ्नो मान्छेलाई

मन परेको प्यारो मान्छेलाई

दिलभित्रको आफ्नो मान्छेलाई

आधा मुटु उतै दिऊँ कि ढुकढुकीको चाल?

हो, आधा मुटु उतै दिऊँ कि ढुकढुकीको चाल?

अरू चिनो केही छैन, रुमाल फाटिजाला

रुमाल फाटिजाला

सम्झनालाई के दिऊँ, खै, मन परेको मान्छेलाई

मुटु चिरी रगतै दिऊँ कि धर्ती, सारा जगतै दिऊँ?

हो, दिलभित्रको आफ्नो मान्छेलाई

मन परेको प्यारो मान्छेलाई

दिलभित्रको आफ्नो मान्छेलाई

المزيد من Shree Krishna Bam Malla/Anju Panta

عرض الجميعlogo