huatong
huatong
avatar

Baacha Bhayo

Swoopna Sumanhuatong
papuchorico2005huatong
الكلمات
التسجيلات
जीवनको बाटो यो हिँडेको अब

सजाएर सपनाको एउटा संसार

अनगिन्ती यादहरूलाई साथै राखेर

हाँसोले, खुशीले घर सजाएर

सुख-दु:ख, दु:ख-सुख सबै बाँडेर

अन्तिम सास फेर्छु तिमीसँगै बाँचेर

दिनहरू दु:खका नआउला भन्दिन

तर कटाउनेछु सबै-सबै सँगै हाँसेर

वाचा भयो तिमीलाई मेरो

वाचा भयो तिमीलाई मेरो

आँधीहुरी आउँदा म बन्छु तिम्रो छहारी (बन्छु तिम्रो छहारी)

तिम्रै अँगालोमै बास पाएँ यहाँवहाँ भौँतारी

वरपीपलुझैँ जोडी बन्यो सानो चौतारी (बन्यो सानो चौतारी)

नदीलाई किनारासरि तिमी मेरो, म तिम्रो लागि

रात पछि दिन सधैँ आउँछ जसरी

पछ्याउनेछु तिमीलाई म सधैँ यसरी

आँसु तिम्रो आँखामा नआउला भन्दिन

तर हँसाउनेछु तिम्रो आँसु खस्नु अगाडि

वाचा भयो तिमीलाई मेरो

वाचा भयो तिमीलाई मेरो

तिम्रो सुखमा तिमीभन्दा बढी म रमाउनेछु

तिम्रो दुःखमा अँगाली बेसरी म सामउनेछु

जीवनभरि नतोडिने अजम्मरी नाता हो यो

वाचा भयो, ooh

सुख-दु:ख, दु:ख-सुख सबै बाँडेर

अन्तिम सास फेर्छु तिमीसँगै बाँचेर

दिनहरू दु:खका नआउला भन्दिन

तर कटाउनेछु सबै-सबै सँगै हाँसेर

वाचा भयो तिमीलाई मेरो

वाचा भयो तिमीलाई मेरो

वाचा भयो तिमीलाई मेरो

वाचा भयो तिमीलाई मेरो

المزيد من Swoopna Suman

عرض الجميعlogo