menu-iconlogo
huatong
huatong
avatar

Samjhanama (Ma Sadhai Haasirahu)

Bartika Eam Raihuatong
লিরিক্স
রেকর্ডিং
बाटो छुटेदेखि कस्तो-कस्तो संसार तिमीले एक्लै देख्यौ होला

सबैभन्दा टाढा

कति फेरीफेरी यही एउटा जीवन कति थरी बाँच्यौ होला

छ कसलाई थाहा?

दुःखकै कुरा गर्ने हो भने

साँझ हैन, धेरै साँझ चाहिन्छ, तिमीलाई थाहा छ

झूटो नबोली खुला सत्य बोल्ने हो भने

कति आँसु बग्नेछन् यहाँ, तिमीलाई थाहा छ

सम्झनामा म सधैँ हाँसिरहूँ

सम्झनामा तिमी सधैँ हाँसिरह

अनि ए साथी, भेट भयो आज कति वर्षपछि?

माइला दाइको रेडियोमा सँगै गीत गाई हिँड्थेँ

"हुने हो म गायिका" भन्दै हिँड्थेँ म

तैँले बुनिदिएको सपना पछ्याउँदै आइपुगेँ यहाँसम्म

सपनाको झोला बोकी आकाश चुम्ने साहस लिँदै

"ठूलो मान्छे बन्ने हुँ म" भन्दै गाथिस् तँ

एकचोटि पनि नफर्कीकन उडिहालिस् त्यही ठूलो जहाजमा

सम्झनामा म सधैँ हाँसिरहूँ

सम्झनामा तिमी सधैँ हाँसिरह

सिकेकै कुरा गर्ने हो भने

यथार्थदेखि रहेछ सोच कति पर

भोगेकै कुरा साट्ने हो भने

कति आँसु बग्नेछन् यहाँ, तिमीलाई थाहा छ

सम्झनामा म सधैँ हाँसिरहूँ

सम्झनामा तिमी सधैँ हाँसि नै रह

Bartika Eam Rai থেকে আরও

সব দেখুনlogo
Bartika Eam Rai-এর Samjhanama (Ma Sadhai Haasirahu) - লিরিক্স এবং কভার