menu-iconlogo
huatong
huatong
লিরিক্স
রেকর্ডিং
आहै, मीठो तिम्रो मुस्कानैमा

माया तिम्रो मुहारैमा

मन मेरो उड्यो है कहाँ-कहाँ

हे कान्छा, आहै

आहै, मीठो तिम्रो मुस्कानैमा

लजालु त्यो हेराइमा

मन मेरो उड्यो है कहाँ-कहाँ

हे कान्छी, आहै

सरर हावामा मन खोली नाचिदिने चञ्चली मेरी सानी है

मुसुक्कै हाँसेर छिनैमा रिसाइदिने नक्कली मेरी सानी है

मन्द-मन्द मादलुको तालसँगै घिन्घिन्तामा, बरै, हो

ओ, बरै, हो

उडीउडी बादलुको वेगसँगै चरी भई रमाउँछु म

यी दुई आँखामा सतरङ्गी सपना बोकी तिमीलाई पर्खिन्छु म

सुरिलो त्यो मुरलीको धुनसँगै मन चोरी लाग्यो, बरै, हो

बरै, हो

आहै, मीठो तिम्रो मुस्कानैमा

माया तिम्रो मुहारैमा

मन मेरो उड्यो है कहाँ-कहाँ

हे कान्छा, आहै

आहै, मीठो तिम्रो मुस्कानैमा

लजालु त्यो हेराइमा

मन मेरो उड्यो है कहाँ-कहाँ

हे कान्छी, आहै

Brijesh Shrestha/Nikhita Thapa থেকে আরও

সব দেখুনlogo