menu-iconlogo
huatong
huatong
avatar

Maya Paincho Nadeu

Narayan Rayamajhihuatong
লিরিক্স
রেকর্ডিং
हे, पाउना बनी परदेशी आउला नि, साइँली

जोबान हेरी पिरती लाउला नि, साइँली

आँधीखोले दाइ

मया पैँचो नदेऊ, साइँली, छोडिजानेलाई

मया पैँचो नदेऊ, साइँली, छोडिजानेलाई

हे, कति होलान् पापी मनले मूलबाटोमा धाउने

कति होलान् पापी मनले मूलबाटोमा धाउने

बाटैछेउमा फूल फुलेछ, टिपूँ-टिपूँ लाउने

बटुवाले मन जितेमा भाउ नेटो लाउने

घरको, थरको ठेगान हुन्न, खै कसलाई बोलाउने

बैँस, उमेर उर्ली आउँदा हुन्छ के खाऊँ, के लाऊँ

एकै रातको माया लाउन सबले हेर्लान् दाउ

जीउको मासु जीवैमा घट्ला नि, साइँली

दिनरात झल्कोमै कट्ला नि, साइँली

आँधीखोले दाइ

मया पैँचो नदेऊ, साइँली, छोडिजानेलाई

मया पैँचो नदेऊ, साइँली, छोडिजानेलाई

हे, कति आउलान्, कति जालान् बटुवाको ताँती

कति आउलान्, कति जालान् बटुवाको ताँती

कोहीले बुन्लान् मायाजाल हुन खोज्दै जाती

जीउ परेकी देखे सबले "लाउँछु माया" भन्लान्

सोल्टिनी र साली भनी साक्खै आफ्नो बन्लान्

भोको पेटलाई खान अनि बस्न कुञ्जी दिनू

मीठा-मीठा बातमा परी जोबान नसुम्पिनू

परदेशीले मयाजाल बुन्छ नि, साइँली

भाले बास्दा बिरानो हुन्छ नि, साइँली

आँधीखोले दाइ

मया पैँचो नदेऊ, साइँली, छोडिजानेलाई

मया पैँचो नदेऊ, साइँली, छोडिजानेलाई

हे, तिम्रै रूप हेरीहेरी पिउँदा होलान् नशा

तिम्रै रूप हेरीहेरी पिउँदा होलान् नशा

कहाँ छुट्याउन सकिन्छ र राम्रो दिन र दशा

नजर बाँध्न गाह्रो होला, मन बाँधेर बस्नू

मन फुकेमा होला फेरि बिरालोलाई लिस्नु

दोबाटोको भट्टी पसल, गर्नैपऱ्यो पेसा

पाउना रिझाई खुवाउनेले पुऱ्याउनू है होस

पाउना बनी परदेशी आउला नि, साइँली

जोबान हेरी पिरती लाउला नि, साइँली

आँधीखोले दाइ

मया पैँचो नदेऊ, साइँली, छोडिजानेलाई

मया पैँचो नदेऊ, साइँली, छोडिजानेलाई

Narayan Rayamajhi থেকে আরও

সব দেখুনlogo