डाँडा पारि मेरो सानो गाउँ छ
त्यहाँ च्याङ्गबा र मैच्याङ्गको सानो घर छ
भेडीगोठ चराउन हिँड्दै गयो म
साँझ ढलिसक्यो, मैच्याङ्ग त कुरिरहेछ (हे)
डाँडा पारि मेरो सानो गाउँ छ
त्यहाँ च्याङ्गबा र मैच्याङ्गको सानो घर छ (हे)
भेडीगोठ चराउन हिँड्दै गयो म
साँझ ढलिसक्यो, मैच्याङ्ग त कुरिरहेछ (हे)
डर छ, डर छ मलाई, डर छ, डर छ
घर पर छ, पर छ, पारि पुग्ने रहर छ
डर छ, डर छ मलाई, डर छ, डर छ
घर पर छ, पर छ, पारि पुग्ने रहर छ
नून लिने आशामा आएँ यति पर
टाउकोमा ऋण छ, तिर्नु छ कर
भारी छ डोकोको निधारमा नाम्लो
गोठाले जिन्दगी, तुइनको भर
डर छ, डर छ मलाई, डर छ, डर छ
घर पर छ, पर छ, पारि पुग्नै पर्छ
डर छ, डर छ मलाई, डर छ, डर छ
घर पर छ, पर छ, पारि पुग्नै पर्छ
उमेर ढल्कियो, चाउरियो छाया
आँखामा सपना, मुटुमा माया
घाँस र दाउरामा पीपलबर
छातीमा साहस, किन मान्नु डर?
(किन मान्नु डर? हो-ओ-ओ-ओ-ओ-ओ)
डाँडा पारि मेरो सानो गाउँ छ
त्यहाँ च्याङ्गबा र मैच्याङ्गको सानो घर छ
चौँरीगोठ चराउन हिँड्दै गयो म
साँझ ढलिसक्यो, मैच्याङ्ग त कुरिरहेछ (हे)
डर छ, डर छ, के को? डर छ, डर छ
घर पर छ, पर छ, पारि पुग्नु नै छ
डर छ, डर छ, के को? डर छ, डर छ
घर पर छ, पर छ, पारि पुग्नु नै छ
हो-हो-हो-हो-ओ-ओ-ओ (हे)
ओ-हो-हो-हो-ओ-ओ-ओ-ओ-ओ
ओ-हो-हो-हो-ओ-ओ-ओ (हे)
ओ-हो-हो-हो-ओ-ओ-ओ-ओ-ओ-ओ