यो मनको चाहना, जिउने बहाना अधुरा छ
यो मनको चाहना, जिउने बहाना अधुरा छ
तिमीसँगै गर्नुपर्ने एक जरुरी कुरा छ
तिमीसँगै गर्नुपर्ने एक जरुरी कुरा छ
मेरो सुखमा हाँस्न, मेरो दुःखमा रुन
के सक्छौ भन मेरो मान्छे हुन?
मैले चाहेको सबै-सबै तिमीमै पूरा छ
तिमीसँगै गर्नुपर्ने एक जरुरी कुरा छ
तिमीसँगै गर्नुपर्ने एक जरुरी कुरा छ
यो मुटु, धड्कन तिमीतिरै छ झन्झन्
तिमीबाहेक अरू कसैलाई पनि खोज्ने छैन
हो, हो, यो मुटु, धड्कन तिमीतिरै छ झन्झन्
तिमीबाहेक अरू कसैलाई पनि खोज्ने छैन
ईश्वर नै आएर बिन्ती गरे पनि
तिमीबाहेक अरू कसैलाई पनि रोज्ने छैन
यो मनको चाहना, जिउने बहाना अधुरा छ
तिमीसँगै गर्नुपर्ने एक जरुरी कुरा छ
तिमीसँगै गर्नुपर्ने एक जरुरी कुरा छ
तिमीलाई नै हेरूँ-हेरूँ, मिठा कुरा गरूँ-गरूँ
लाग्छ तिमीसँगै बाचूँ, तिम्रो काखैमा मरूँ
बन्ने छ सुन्दर घर, मेरो नाउँ तिम्रै थर
हुन्छ अब, हुन्छ अब सधैँसधैँलाई
हो-हो-हो, बन्ने छ सुन्दर घर, तिम्रो नाउँ मेरै थर
हुन्छ अब, हुन्छ अब सधैँसधैँलाई
मायाले सजाउँदै जिन्दगी जिउने हो
अब मैले, अब मैले तिम्रो हात समाई
यो मनको चाहना, जिउने बहाना अधुरा छ
तिमीसँगै गर्नुपर्ने एक जरुरी कुरा छ
तिमीसँगै गर्नुपर्ने एक जरुरी कुरा छ
तिमीलाई नै हेरूँ-हेरूँ, मिठा कुरा गरूँ-गरूँ
लाग्छ तिमीसँगै बाचूँ, तिम्रो काखैमा मरूँ