menu-iconlogo
huatong
huatong
avatar

Garo Bato

G Bobhuatong
mjburr2003huatong
Liedtext
Aufnahmen
गाह्रो बाटो अति गाह्रो भाको छ

आँसुको झरीमा जाडो भाको छ

कमाको नामधरि घाँडो भाको छ

नशाले जिन्दगीमा गाह्रो भाको छ

गाह्रो बाटो हिन्न गाह्रो भाको छ

आँसुको झरीमा जाडो भाको छ

कमाको नाम पनि घाँडो भाको छ

नशाले जिन्दगीमा गाह्रो भाको छ

बाटो धराप, कस्तो गाह्रो बाटो आको म!

बानीबेहोरा खराब, दिमाग लाटो भाको छ

नखाँदा हात काम्छ, नसुती रात जान्छ

नशाकै कारण अति गाह्रो भाको छ

सँगै हिन्या साथी अघि, आज धेरै पछि म

नशाको चक्रव्यूहमा खतरा फसेँ म

माथि जाने ठूलो सपना थ्यो, तल खसेँ म

मन थेन रैछ मेरो बाउलाई खाडी पसिन

बाउ खाडीमा थ्यो, मलाई छाडी गाथ्यो

मैले बल्ल बुझेँ मेरै लागि गाथ्यो

सबले साथी पाथे, मेरो साथी काँ थ्यो?

सानैदेखि गाँजा, गोटी साथी भाथ्यो

कोशिश जारीमा थ्यो, बाटो आधी आथेँ

नशाको डोरी कसिँदै फाँसी लाग्यो

पासो घाँटीमा थ्यो, मन आत्तिराथ्यो

गाह्रो बाटो हिन्न नसकेर भागी गाथेँ

भविष्य बाजीमाथि खेल बाँकी भाथ्यो

सब जनाले मिली मलाई मात्र ताकिराथे

आमा बिमारी छ, छोरा नाचिराथ्यो

दुनियाँ घरको चटक हेर्दै हाँसिराथ्यो

गाह्रो बाटो हिन्न गाह्रो भाको छ

आँसुको झरीमा जाडो भाको छ

कमाको नाम पनि घाँडो भाको छ

नशाले जिन्दगीमा गाह्रो भाको छ

बाटो धराप, कस्तो गाह्रो बाटो आको म!

बानीबेहोरा खराब, दिमाग लाटो भाको छ

नखाँदा हात काम्छ, नसुती रात जान्छ

नशाकै कारण अति गाह्रो भाको छ

साँचो भन्न आको, कला टन्न पाको

सोचिराथेँ सजिलैसित बन्छ बाटो

अघि बढ्न चाहेको, फेरि बन्द बाटो

नशाले अकालमै मोर्छु कि? डर छ लाको

कुपुत्र छोरा निस्केँ म, भर नभाको

मुख कसरी देखाऊँ? फर्की घर नगाको

भन्न बाध्य भा नि हैन भाग्यमानी

घर छाडी हिन्या छोरा घर न घाटको

भन्न बाध्य भा नि म

हो, खाते बानी छ

मेरो पनि छुट्टै छ कहानी

हैन भाग्यमानी म

झऱ्याझऱ्यै तल, लड्यालड्यै म

माया गर्नेहरू लज्जित भाछ, म पनि लज्जित भाछु

जति म नजिक जान्छु, गन्तव्य सऱ्यासऱ्यै छ

एउटै खाल्टो हो, पऱ्यापऱ्यै म

गाह्रो बाटो धेरै गाह्रो भाको छ

कमाको नाम पनि घाँडो भाको छ

मलाई आँसुको झरीमा जाडो भाको छ

नशाले गर्दा अति गाह्रो भाको छ

दिनपिच्छे दिन दिमाग लाटो भाको छ

हिन्दा-हिन्दा कस्तो गाह्रो बाटो आको म!

नशामा नशै छैन नशा गर्न अब

नशाले गर्दा अति गाह्रो भाको छ

पैताला पोलिराछ, हाँस्दै हिन्दै म

जीत चाहियाछ, हार्न मिल्दैन

गर कि मर, गरिखान्छु, गरि त राछु

डिस बाटोमै छाड्न मिल्दैन

दुनियाँ स्वार्थी, आफ्नैले चिन्दैन

नशाले मोर्छु कि? भित्र चिन्तै छ

घिस्रिँदै भए पनि गन्तव्यमा पुगी छाड्छु

गाह्रो बाटो तर हाँस्दै हिन्दै...

Mehr von G Bob

Alle sehenlogo