menu-iconlogo
huatong
huatong
narayan-gopal-mero-aankhalai-rakhne-cover-image

Mero Aankhalai Rakhne

Narayan Gopalhuatong
systemhope80huatong
Liedtext
Aufnahmen
मेरो आँखालाई राख्ने, फूलबारी छैन

तिम्रो मुहारमा राखुँ कि

मेरो बतासलाई बाँधने सुगन्ध छैन

तिम्रो निश्वासमा बाधुँ की

पहाड भन कि मधेश फाँट, घुमेकै म पनि

बैशाख भन कि पानीको रिमझिम, रुझेकै म पनि

त्यसरी पनि जीवन झुल्छ जसरि फुल्छ वन

बाढ्नलाई बाँकी रहेन केहि बाँकी छ एउटै मन

बाँकी छ एउटै मन

मेरो यहि मनलाई राख्ने घुम्तीघर छैन

तिम्रो दोकानमा राखूँ कि

उदास भन कि खुशी भन कि भएकै म पनि

राम्रा नराम्रा दुवै नै थरि भएकै म पनि

जता नै पनि जोवन फुल्छ जसरि फुल्छ फूल

मायालु मात्र बेग्ला र

बेग्लै मायाको एउटै फूल

मायाको एउटै फूल

मेरो मायालाई राख्ने झ्यालखाना छैन

तिम्रो नजरमा राखूँ कि

Mehr von Narayan Gopal

Alle sehenlogo