menu-iconlogo
huatong
huatong
avatar

Nepali Hami

Natikajihuatong
mavelasco86huatong
Liedtext
Aufnahmen
नेपाली हामी रहौँला कहाँ नेपालै नरहे?

नेपालै नरहे

उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे?

हिमालै नरहे

तराई हाम्रो सुनका टुक्रा, हिमाल हीराको

माटो र पानी पहिलो धन धर्तीका छोराको

ए, कहाँबाट संसार हेर्छौ सन्झ्यालै नरहे?

सन्झ्यालै नरहे

सन्झ्यालै नरहे

दशैँ र तिहार रमाइलो हाम्रो चुट्का र ख्यालीले

हृदय हाम्रो जुरमुराउँछ जीतको झ्यालीले

बैँसको तालमा नाचौँला कहाँ मादलै नरहे?

मादलै नरहे

मादलै नरहे

ए, कति राम्रो बिहानीपख घामको रेखी हो

सभ्यता पहिलो संसारमा फैल्यो हिमालदेखि हो

बिउँझौँला कहाँ पूर्वको पहिलो उज्यालै नरहे?

उज्यालै नरहे

उज्यालै नरहे

नेपाली हामी रहौँला कहाँ नेपालै नरहे?

नेपालै नरहे

Mehr von Natikaji

Alle sehenlogo
Nepali Hami von Natikaji - Songtext & Covers