menu-iconlogo
huatong
huatong
avatar

Gunaaso

Oasis thapahuatong
red-dime-dchuatong
Liedtext
Aufnahmen
के छ तिम्रो गुनासोहरू (गुनासोहरू)

मेरो विरुद्ध? भनिदेऊ बरु (भनिदेऊ बरु)

सुनाऊ न तिम्रा कारणहरू

सङ्कोचै नमानी सुन्छु बरु

थुप्रिँदै थिए अप्ठेरापन (अप्ठेरापन)

सोधिन केही मैले, थुप्रियो झन् (थुप्रियो झन्)

जिदमा अडिँदै घुट्दै छ दम

कस्तो यो तिम्रो पागलपन

अब सुनाऊ न, बुझाऊ न (सुनाऊ, बुझाऊ)

यहीँ त छु नजिक तिम्रै (यहीँ त तिम्रै)

सकेसम्म उतार न नकाब तिम्रो जुन छ ढाक्दै (सके त्यो उतार नकाब तिम्रो)

पीडाजति अँगालुँला, एकैफेर पोखी हेर न

मात्र प्रयास ती गर्नेछु जति तिमीले

केको खयालमा व्यस्त भयौ फेरि (फेरि)

सुनेको पनि नसुनेझैँ गरी? (गरी)

चाहिए समय तिमी लैजाऊ न सबै (सबै)

भेटाउनेछौ आखिरमा मलाई यतै कतै

अनि सुनाऊ न, बुझाऊ न (सुनाऊ, बुझाऊ, सुनाऊ)

यहीँ त छु नजिक तिम्रै (यहीँ त तिम्रै)

सकेसम्म उतार न नकाब तिम्रो जुन छ ढाक्दै (सके त्यो उतार नकाब तिम्रो)

पीडाजति अँगालुँला, एकैफेर पोखी हेर न

मात्र प्रयास ती गर्नेछु जति तिमीले

के छ तिम्रो गुनासोहरू?

Mehr von Oasis thapa

Alle sehenlogo

Das könnte dir gefallen