menu-iconlogo
huatong
huatong
avatar

Khushi

Oasis thapahuatong
timothy_owerhuatong
Liedtext
Aufnahmen
बगाएर आँसु गरूँ के अब म पुछिदिने कोही नभई? (कोही नभई)

बुनेर सपना गरूँ के अब म साहस कसैले नदिए? (नदिए)

कराऊँ, चिच्याऊँ जति पनि भीडमा, सुन्ने मात्र, एक्लो भएँ

म तिम्रै खोजमा छु (खोजमा छु, खोजमा)

हरायौ, कहिले फर्किन्छौ? (फर्किन्छौ, फर्किन्छौ)

निराश हुँदै छु (हुँदै छु)

ए, तिमी आउँछौ कि मरूँ? (मरूँ)

तिमी आउँछौ कि मरूँ?

तिमी आउँछौ कि (तिमी आउँछौ)

बाँच्दै छु सम्झी दोहोऱ्याई पुराना बितेका ती पलहरू (पलहरू)

पोखूँ जति खलबली अक्षर, यी पाना रित्तिँदैन, के गरूँ? (के गरूँ?)

गल्ती गरेँ के? अपराधी भएँ कि? तिमी रुठेर हेर्दैनौ

म तिम्रै खोजमा छु

हरायौ (हरायौ), कहिले फर्किन्छौ?

बिर्सिसकेँ खुशी (बिर्सिसकेँ तिम्रो खुशी)

तिमी फेरि महसुस गराइदेऊ

तिमी आउँछौ कि मरूँ? (तिमी आउँछौ)

तिमी आउँछौ

तिमी आउँछौ

तिमी आउँछौ

Mehr von Oasis thapa

Alle sehenlogo

Das könnte dir gefallen