menu-iconlogo
huatong
huatong
avatar

Sasto mutu

Sajjan Raj Vaidyahuatong
dawnbluehuatong
Liedtext
Aufnahmen
के खाले माया यो?

दिनदिनै कमाउनु पर्ने रे

मनले पुग्दैन शिरमाथि चढाउनु पर्ने रे

यसरी मरेर, माया लाउँदा के पाइयो र, खै ?

लौ, तिमी नै राख यो कहीँ नभाको मन तिमीसँगै, ओ

किन गाउछन् कुन्नि माया बारेमा ?

आफूलाई त पिरतीले कहिल्यै फापेन

बस्दिन है म चाहिँ तिमी पर्खेर

जान्छु जुन बाटो आएँ त्यहीँ बाटो फर्केर

के तालको मनपरी आफैँलाई महारानी रे?

कुन चाहिँले गफ लाइ दियो

आफूलाई खुबै ठानिछे

कि के हो खै? तिम्रो कुरै बुझेँ त के भन्नु

कहिले घुमाउरो कुरामा तिम्ले घुमायौ, म नि घुम्दे

त्यसरी मरेर, माया लाउँदा के पाइएला है ?

लौ, तिमी नै राख त्यो कहीँ नभाको मन तिमीसँगै, ओ

किन गाउछन् कुन्नि माया बरेमा?

आफूलाई त पिरतीले कहिले फापेन

बस्दिन है म चाहिँ तिमी पर्खेर

जान्छु जुन बाटो आएँ त्यहीँ बाटो फर्केर (Hey)

महँगो रहेछ माया तिम्रो, मलाई चाहिँएन

चोखो माया खोजेकै थिएँ, त्यो नि पाइएन

ए कान्छी, तिम्रै पछि लागेँ, बुझेँ यस्तो पो रहेछ

तिम्रो माया महँगो, मुटु चाहिँ सस्तो रहेछ

महँगो रहेछ माया तिम्रो, मलाई चाहिएन

चोखो माया खोजेकै थिएँ, त्यो नि पाइएन

ए कान्छी, तिम्रै पछि लागेँ, बुझेँ यस्तो पो रहेछ

तिम्रो माया महँगो, मुटु चाहिँ सस्तो रहेछ

Mehr von Sajjan Raj Vaidya

Alle sehenlogo