menu-iconlogo
huatong
huatong
avatar

Shunidinchau

The Edge Bandhuatong
stellarsounddjhuatong
Liedtext
Aufnahmen
आकाशबाट हेर्ने तारासँग बोल्दै

तिमीलाई नै सम्झी टोलाई बस्छु एक्लै

रसिन थाल्छ आँखा फेरि पुरानो दिन सम्झी

थाहा नहोला तिम्लाई माया गर्छु कति

फेरि त्यो भूलहरू म सम्झूँ कति?

डर लाग्छ यो रातमा याद आउँछ जति

भुलाउँदै तिमीसामु माफी राख्न चाहन्छु

सँगालेका कति कुरा तिमीलाई सुनाउँछु

Ooh, के माफी दिन्छौ?

हा, के सुनिदिन्छौ?

आफूभन्दा धेरै तिम्लाई म माया गर्छु

तिमीबिनाको जुनी, हेर, म त्यागिदिन्छु

भन, ooh, के माफी दिन्छौ?

हा, के सुनिदिन्छौ?

आफूभन्दा धेरै तिम्लाई म माया गर्छु

तिमीबिनाको जुनी, हेर, म त्यागिदिन्छु

सुन, म पनि त तिमी जस्तै मान्छे नै त हो जसबाट गल्ती हुन्छ

माया गर्ने, आफ्नो ठान्ने, टाढा हुँदा आँसु खस्छ

सुन, मेरो पनि अरूको जस्तै मुटु त हो, सधैँ धड्किरहन्छ

माया गर्ने, आफ्नो ठान्ने, पराई हुँदा चिरा पर्छ

यो जन्म तिमीलाई सुम्पिदिन्छु

भन, तिम्रो लागि अर्को जुनी कुरिदिन्छु

सुन, ooh, के माफी दिन्छौ?

हा, के सुनिदिन्छौ?

आफूभन्दा धेरै तिम्लाई म माया गर्छु

तिमीबिनाको जुनी, हेर, म त्यागिदिन्छु

भन, ooh, के माफी दिन्छौ?

हा, के सुनिदिन्छौ?

आफूभन्दा धेरै तिम्लाई म माया गर्छु

तिमीबिनाको जुनी, हेर, म त्यागिदिन्छु

Mehr von The Edge Band

Alle sehenlogo