menu-iconlogo
logo

RAI MAILA (Gaun Aayeko Bato)

logo
Lyrics
राई माइलाले गाउँ छाेड्याे रे !

बाटो छेकिदेऊ न !

कुन गाडीमा चढ्यो हाेला ?

कुन घुम्ती काट्याे हाेला ?

ढाट राखिदेऊ न !

फर्क भनिदेऊ न !

राई माइलाले गाउँ छाेड्याे रे !

ए राई माइलाले गाउँ छाेड्याे रे !

शिरमा ढाका टाेपी

कुममा काने झाेला

गाेलाे चिम्साे अ‍ाँखा

खुकुरी नि हाेला

नाम साेधे उसलाई

फूलझैँ हाँसिदेला

काेटको गाेजीभित्र

हाम्रो फाेटाे हाेला

त्यही फाेटाे हेर्दै

भाेलि माइला राेला !

बिन्ती तर्न नदेऊ

उल्लाई अरुण खाेला

ए फर्क भनिदेउन

राई माइलाले गाउँ छाेड्याे रे !

ए राई माइलाले गाउँ छाेड्याे रे !

ऊ गइगयाेभने

खेत कल्ले खन्छ !

सन्चो-बिसन्चाेमा

के छ कल्ले भन्छ !

काे कलिया बन्छ

काे मलामी हुन्छ

एउटा मान्छे जाँदा

एक्लै कहाँ जान्छ

उल्ले गाउँदै हिँड्ने

गीत पनि लान्छ

बिन्ती राेक उसलाई !

घडी फूलले भन्छ

ए फर्क भनिदेउन

राई माइलाले गाउँ छाेड्याे रे !

ए राई माइलाले गाउँ छाेड्याे रे !

राई माइलाले गाउँ छाेड्याे रे !

ए राई माइलाले गाउँ छाेड्याे रे !