सागर छ गह भित्र चाहेमा रोइ दिन्छु
सागर छ गह भित्र चाहेमा रोइ दिन्छु
आँधी छ छाती भित्र खोजेमा बल्झी दिन्छु
सागर छ गह भित्र
पाषाण हृदय हैन मैले बोकी हिँडेको
पाषाण हृदय हैन मैले बोकी हिँडेको
सुम्पेको छु तिमीलाई म आफु संग भएको
अधरको हाँसो निचोरी तिमीलाई दिइसकेछु
आँधी छ छाती भित्र खोजेमा बल्झी दिन्छु
सागर छ गह भित्र
लाग्छ हेराइमा तिम्रो के के नपुगे जस्तो
लाग्छ हेराइमा तिम्रो के के नपुगे जस्तो
मुटु दिएर तिमीलाई केही दिईन मैले जस्तो
म भित्र पसेर हेर म त खाली-खाली भएछु
आँधी छ छाती भित्र खोजेमा बल्झी दिन्छु
सागर छ गह भित्र