आहा ......
यतिसम्म प्रिती गरीगरी
न यता भएँ , न उता भएँ
न यता भएँ , न उता भएँ
न त मन लिएँ, न त दिई दिएँ,
न यता भएँ, न उता भएँ।
न त होश हवाश केहि राखियो,
न त फूलको रस चाखियो
न त होश हवाश केहि राखियो,
न त फूलको रस चाखियो
न त याद भो, न त स्वाद भो,
न त याद भो, न त स्वाद भो,
न यता भएँ, न उता भएँ।
बिना औसरै सित भेटनु,
तरवार लिईकन रेटिनु
बिना औसरै सित भेटनु,
तरवार लिईकन रेटिनु
न त छिन्दिनु, न नछिन्दिनु,
न त छिन्दिनु, न नछिन्दिनु,
न यता भएँ, न उता भएँ।
न त साथ बस्न संगी भए,
न त दुष्मनै सरि भईगएँ।
न त साथ बस्न संगी भए,
न त दुष्मनै सरि भईगएँ।
न पुरानियाँ न त यो नयाँ,
न पुरानियाँ न त यो नयाँ,
न यता भएँ, न उता भएँ।
न त खुश भईकन प्रेम गरी,
न त रिस गरी कन मन हरी
न त खुश भईकन प्रेम गरी,
न त रिस गरी कन मन हरी
न यसो गरी, न उसो गरी,
न यसो गरी, न उसो गरी,
न यता भएँ, न उता भएँ।
यतिसम्म प्रिती गरीगरी,
न यता भएँ , न उता भएँ
न यता भएँ , न उता भएँ
न त मन लिएँ, न त दिई दिएँ,
न यता भएँ, न उता भएँ।
धन्यवाद