देब्रे हातमा घडी, दाहिने हातमा बाला
राता-राता हुँदै आएका छन् गाला
ए, राता-राता हुँदै आएका छन् गाला
कल्ले दियो तिम्लाई चार तोलाको बाला?
कल्ले दियो तिम्लाई चार तोलाको बाला?
ख्याल गर है, माया, बैमानीले झुक्काउला
ए, ख्याल गर है, माया, बैमानीले झुक्काउला
ए, ख्याल गर है, माया, बैमानीले झुक्काउला
अँधेरीमा टुकी, उजेलीमा बुकी
मेरा आँखा छली हिन्छौ लुकीलुकी
ओइ, मेरा आँखा छली हिन्छौ लुकीलुकी
कस्तो लाग्यो तिम्लाई चार तोलाको बाला?
कस्तो लाग्यो तिम्लाई चार तोलाको बाला?
ख्याल गर है, माया, अर्कैले सुइँकाउला
ओइ, ख्याल गर है, माया, अर्कैले सुइँकाउला
ओइ, ख्याल गर है, माया, अर्कैले सुइँकाउला
मैले मिस्री माग्दा चिनी दिने को हो?
नयाँ-नयाँ लुगा किनिदिने को हो?
ए, नयाँ-नयाँ लुगा किनिदिने को हो?
कल्ले दियो तिम्लाई चार तोलाको बाला?
कल्ले दियो तिम्लाई चार तोलाको बाला?
ख्याल गर है, माया, बैमानीले झुक्काउला
ए, ख्याल गर है, माया, बैमानीले झुक्काउला
ए, ख्याल गर है, माया, बैमानीले झुक्काउला
गफ लाएर झूटो खुवाएछौ जूठो
तिम्ले भर काट्यौ र असाध्यै रिस उठो
हाय, तिम्ले भर काट्यौ र असाध्यै रिस उठो
कस्तो लाग्यो तिम्लाई चार तोलाको बाला?
कस्तो लाग्यो तिम्लाई चार तोलाको बाला?
ख्याल गर है, माया, अर्कैले सुइँकाउला
ओइ, ख्याल गर है, माया, अर्कैले सुइँकाउला
ओइ, ख्याल गर है, माया, अर्कैले सुइँकाउला
शृङ्गारैले मुहार सजाएकी किन?
मलाई हेरीहेरी लजाएकी किन?
ए, मलाई हेरीहेरी लजाएकी किन?
कल्ले दियो तिम्लाई चार तोलाको बाला?
कल्ले दियो तिम्लाई चार तोलाको बाला?
ख्याल गर है, माया, बैमानीले झुक्काउला
ए, ख्याल गर है, माया, बैमानीले झुक्काउला
ए, ख्याल गर है, माया, बैमानीले झुक्काउला
चौतारीमा पीपल, पीपलसँगै वर छ
मेरो प्यारो मान्छे रिसाउँछ कि, डर छ
हो, मेरो प्यारो मान्छे रिसाउँछ कि, डर छ
कस्तो लाग्यो तिम्लाई चार तोलाको बाला?
कस्तो लाग्यो तिम्लाई चार तोलाको बाला?
ख्याल गर है, माया, अर्कैले सुइँकाउला
ओइ, ख्याल गर है, माया, अर्कैले सुइँकाउला
ओइ, ख्याल गर है, माया, अर्कैले सुइँकाउला
रातो रिबन केशमा, जादु छ त्यो फेसमा
यति राम्री मान्छे कोही छैन यो देशमा
ए, यति राम्रो मान्छे कोही छैन यो देशमा
कल्ले दियो तिम्लाई चार तोलाको बाला?
कल्ले दियो तिम्लाई चार तोलाको बाला?
ख्याल गर है, माया, बैमानीले झुक्काउला
ए, ख्याल गर है, माया, बैमानीले झुक्काउला
ए, ख्याल गर है, माया, बैमानीले झुक्काउला
नक्कल भाँतीभाँती, चस्मा टाउकोमाथि
नदेखेझैँ गरी हिन्न खोज्छ साथी
ओ, नदेखेझैँ गरी हिन्न खोज्छ साथी
कस्तो लाग्यो तिम्लाई चार तोलाको बाला?
कस्तो लाग्यो तिम्लाई चार तोलाको बाला?
ख्याल गर है, माया, अर्कैले सुइँकाउला
ओइ, ख्याल गर है, माया, अर्कैले सुइँकाउला
ओइ, ख्याल गर है, माया, अर्कैले सुइँकाउला
तीर्थबर्त गर्न पुगेँ चारैधाममा
तिमी त छौ मेरो सम्पत्तिको नाममा
ए, तिमी त छौ मेरो सम्पत्तिको नाममा
कल्ले दियो तिम्लाई चार तोलाको बाला?
कल्ले दियो तिम्लाई चार तोलाको बाला?
ख्याल गर है, माया, बैमानीले झुक्काउला
ए, ख्याल गर है, माया, बैमानीले झुक्काउला
ए, ख्याल गर है, माया, बैमानीले झुक्काउला
मेरो हरेक सासमा तिमी नै छौ खासमा
मन आत्तिन थाल्छ नदेखेसी पासमा
हो, मन आत्तिन थाल्छ नदेखेसी पासमा
कस्तो लाग्यो तिम्लाई चार तोलाको बाला?
कस्तो लाग्यो तिम्लाई चार तोलाको बाला?
ख्याल गर है, माया, अर्कैले सुइँकाउला
ओइ, ख्याल गर है, माया, अर्कैले सुइँकाउला
ओइ, ख्याल गर है, माया, अर्कैले सुइँकाउला