menu-iconlogo
huatong
huatong
Lyrics
Recordings
जून उदाउने, तारा लाग्ने सधैँ राती-राती

एक्लै झ्यालमा बसी मैले कति हेर्नु माथि?

जून उदाउने, तारा लाग्ने सधैँ राती-राती

एक्लै झ्यालमा बसी मैले कति हेर्नु माथि?

कालो कपाल घुङ्ग्रियो, मनमा माया उम्रियो

कति बस्नु हेरेर? राख मायाले बेरेर

कति डुल्छौ वरिपरि भुनभुनाउँदै मौरीसरि?

कति हेर्छौ घरी-घरी? ज्यान सुक्ला लौरीसरि

कति डुल्छौ वरिपरि भुनभुनाउँदै मौरीसरि?

कति हेर्छौ घरी-घरी? ज्यान सुक्ला लौरीसरि

के माया लाग्छ र? उखुम्मै लाग्छ नि

मेरो याद आउँछ र? हुरहुरी आउँछ नि, हौ

तिमीलाई हेरे पुग्छ, किन जानु अन्तु?

तिम्रो इत्ती माया पाए जाग्छ तन्तु-तन्तु

तिमीलाई हेरे पुग्छ, किन जानु अन्तु?

तिम्रो इत्ती माया पाए जाग्छ तन्तु-तन्तु

नछोप त्यो मुहार, बनाइदिन्छु जुहार

मेटाइदेऊ तलतल, लाग अगि, नपर अलमल

यतै बसे डालीगुँड गुलेलीले झार्देलान्

तिमी डाँफे, मै मैना, पासोभित्र पार्देलान्

यतै बसे डालीगुँड गुलेलीले झार्देलान्

तिमी डाँफे, मै मैना, पासोभित्र पार्देलान्

के लैजान्छौ सँगैमा? गुटुङटुङटुङ भगाई

राख्छौ के त सँगैमा? पाखुरीमा समाई, हा

के माया लाग्छ र? उखुम्मै लाग्छ नि

मेरो याद आउँछ र? हुरहुरी आउँछ नि

के लैजान्छौ सँगैमा? गुटुङटुङटुङ भगाई

राख्छौ के त सँगैमा? पाखुरीमा समाई, हा

More From Nishan Bhattarai/ARTMANDU/Ankit Babu Adhikari/Eleena Chauhan

See alllogo