हो-हो-हो, hm-hm-hm
हे कान्छी, रानीवनमा हावा सरर
मायालुको सम्झनामा बोकी मायाको जाले रुमाल उड्यो फरर
मायालुको सम्झनामा बोकी मायाको जाले रुमाल उड्यो फरर
फूल्चोकीको डाँडैमा हिउँ खेल्न गाको (ला-ला-ला-ला)
हो, फूल्चोकीको डाँडैमा हिउँ खेल्न गाको
बरचुलीको भिरैमा बयर टिपी खाको
मलाई मात्र हो कि झल्को तिमीलाई पनि आउँछ?
तिम्रा लागि बास बस्न यो मुटुमा ठाउँ छ
तिम्रा लागि बास बस्न यो मुटुमा ठाउँ छ
कान्छा, राख मलाई तिम्रो दिलको माझैमा
कान्छा, राख मलाई तिम्रो दिलको माझैमा
कोइलीकोझैँ मधुर बोली, निश्चल तिम्रो मन (ला-ला-ला-ला)
हो-हो, कोइलीकोझैँ मधुर बोली, निश्चल तिम्रो मन
लुकामारी खेल्दैखेल्दै डुल्थ्यौँ रनबन
देउरालीमा कसम खाको आजैजस्तो लाग्छ
आजभोलि मेरो मनले तिम्रै साथ माग्छ
आजभोलि मेरो मनले तिम्रै साथ माग्छ
कान्छा, तिम्रै नै हो मेरो लालीजोबन
कान्छा, तिम्रै नै हो मेरो लालीजोबन
हे कान्छी, रानीवनमा हावा सरर
मायालुको सम्झनामा बोकी मायाको जाले रुमाल उड्यो फरर
मायालुको सम्झनामा बोकी मायाको जाले रुमाल उड्यो फरर (हे-हे-हे)
मायालुको सम्झनामा बोकी मायाको जाले रुमाल उड्यो फरर (हा)