एकोरिन्छु म यहाँ सम्झी आउने दिनहरू बसी एक्लै म कहिलेकाहीँ
खोजिरहन्छु जवाफहरू धेरै प्रश्नहरूको, झनै जटिल भइदिन्छ
अलमल्ल, छताछुल्ल सपना लिई म आज हिँड्दै छु
अन्ध्यारो बाटो, गन्तव्यहीन, अनि सोच्छु, "कहाँबाट सुरु गरूँ म?"
धमिलो छ, दृष्टि धमिलो छ, टाढा-टाढासम्म देखिँदैन यहाँ केही पनि
लड्यो, उठ्यो, उठ्यो, लड्यो, कति विघ्नबाधा हो? क्षमताको कठोर परीक्षा
बल्ल-बल्ल आधा उमेर बित्यो, आधी बित्नु बाँकी छ
थाकेको शरीर, कमजोर बदन सम्हाल्दै म बढाउन खोज्छु पाइला अघि यहाँ
कालो बादल छायो, मडारिँदै आयो
मेरो स्यानो संसार उडाई लग्यो
कता लागूँ अब? कसलाई सुनाऊँ सब?
सुनिदिने पनि शोकमा डुब्यो
Hey, hey, yeah
Ah-ha-ha, yeah
एकोरिन्छु म यहाँ सम्झी आउने दिनहरू बसी एक्लै म कहिलेकाहीँ
खोजिरहन्छु जवाफहरू धेरै प्रश्नहरूको, झनै जटिल भइदिन्छ
जति सम्झ्यो त्यति टाउको दुख्छ, बरु जे पर्छ त्यही टर्छ
सजिलो छैन त्यस्तो पनि, तरै पनि झिनो आशा अझै बाँकी छ
कालो बादल छायो, मडारिँदै आयो
मेरो स्यानो संसार उडाई लग्यो
कता लागूँ अब? कसलाई सुनाऊँ सब?
सुनिदिने पनि शोकमा डुब्यो
Hey, hey, yeah
Ah-ha-ha, ah-ha-ha
Hey, hey, yeah
Ah-ha, ha, ha, yeah, yeah, yeah, yeah
Hey, hey, yeah, yeah
Hey, hey, yeah, yeah
Hey, hey, hey, hey