फूलको थुंगा बहेर गयो गंगाको पानीमा 
कहिले भेट होला है राजै यो जिन्दगानीमा 
कहिले भेट होला है राजै यो जिन्दगानीमा 
झरीको पछी झुल्केको घाम्मा 
निरझर पहाड्को  
झरीको पछी झुल्केको घाम्मा 
निरझर पहाड्को  
भर्खर प्रीती बसेको बेला 
पिर पर्यो बिछोड्को 
कहिले भेट होला है राजै 
यो जिन्दगानीमा 
नहाँसु भने सकी लाई पिर 
मै हाँसु कसरी 
नहाँसु भने सकी लाई पिर 
मै हाँसु कसरी 
रोउला राती भनेर आँसु 
मै साचु कसरी 
कहिले भेट होला हे राजै 
यो जिन्दगानीमा 
रातमा मलाई हेर्दछ टोलाई 
पुर्बको ताराले  
रातमा मलाई हेर्दछ टोलाई 
पुर्बको ताराले  
त्यो कान्तिपुरमा सपना को सुरमा 
सम्झ्यो कि प्याराले 
कहिले भेट होला है राजै यो जिन्दगानीमा 
फूलको थुंगा बहेर गयो गंगाको पानीमा 
कहिले भेट होला है राजै यो जिन्दगानीमा