menu-iconlogo
huatong
huatong
avatar

Adha jindagi ritti sakyo vanera

Saawariya/Ranbir Kapoorhuatong
parkie7huatong
Letras
Grabaciones
by: NSG KirateeIcon

आधा जिन्दगी रित्तिसक्यो भनेर

कहिले शोक मनाएँ

आधा जिन्दगी रित्तिसक्यो भनेर

कहिले शोक मनाएँ

अझै बाँकी रहेछ ठानेर

उत्सव पनि मनाएँ

जसरि हेर्‍ो त्यस्तै देखिन्छ जिन्दगी

बल्ल होश पाएँ

आधा जिन्दगी रित्तिसक्यो भनेर...

उज्यालोले मलाई देख्यो टाढा कतै

फूलले मन सजाएँ

अँधेरीले मितेरी गाँस्यो अनायासै

ताराले पार लगाएँ

जस्तो ठान्यो त्यस्तै भईदिन्छ जिन्दगी

बल्ल ग्यान पाएँ

आधा जिन्दगी रित्तिसक्यो भनेर...

देखाउन हाँसे कहिले आफू माथि हाँसे

आज होशमा आएँ

कहिले जीत पछ्याए कहिले हार सम्हाले

अब पो थाहा पाएँ

जसरी चाह्यो त्यसरी भोगिन्छ जिन्दगी

बल्ल चाल पाएँ

आधा जिन्दगी रित्तिसक्यो भनेर

कहिले शोक मनाए

अझै बाँकी रहेछ ठानेर उत्सव पनि मनाए

जसरि हेर्‍यो त्यस्तै देखिन्छ जिन्दगी

बल्ल होश पाएँ

आधा जिन्दगी रित्तिसक्यो भनेर...

Más De Saawariya/Ranbir Kapoor

Ver todologo