यो धर्ती छ कहाँ मायाबिनाको?
यो माया छ कहाँ तिमीबिनाको?
चाहन्छु तिमीसँगै हुन म
चाहन्छु तिमीसँगै रुन म
चाहन्छु तिमीसँगै हाँस्न म
चाहन्छु तिमीसँगै बाँच्न म
मुटुमा बस्छौ कि? घर बनाइदिन्छु
Hmm, मुटुमा बस्छौ कि? घर बनाइदिन्छु
धड्कन बनी धड्किन्छौ भने सास बनी चलिदिन्छु
चाहन्छु तिम्रै हुन म
चाहन्छु सँगै जिउन, मर्न म
माया के हो थाहा पाएँ तिमीलाई देखेपछि
Hmm, माया के हो थाहा पाएँ तिमीलाई देखेपछि
जीवन के हो थाहा पाएँ तिमीसँगै हिँडेपछि
चाहन्छु तिमीसँगै हुन म
चाहन्छु तिमीसँगै रुन म
चाहन्छु तिमीसँगै हाँस्न म
चाहन्छु तिमीसँगै बाँच्न म