menu-iconlogo
huatong
huatong
Letras
Grabaciones
दाइ कहाँको? म यही गाउँको

हे, चिनेजस्तो लागेर बोलाको

तिमी लालीगुराँस फुलेजस्ती

तिमी सुनगाभा फक्रेजस्ती

नहेरूँ नि मन नबुझ्ने, हेरूँ भने मुटु छुने

तिमी को हौ? ए, भन, सुन्दरी

तिमी को हौ? ए, भन, सुन्दरी

तिमी लालीगुराँस फुलेजस्ती

सल्लाघारीको मन्द सुसाइमा

हो, सल्लाघारीको मन्द सुसाइमा

मृगतृष्णा झल्किने ती हेराइमा

मृगतृष्णा झल्किने ती हेराइमा

अति सुहाएकी प्रकृतिको रङ्गमा

रहिरहूँ जस्तो लाग्छ तिम्रो साथमा

तिमी लालीगुराँस फुलेजस्ती

डाँडापारिको सानो गाउँमा

हो, डाँडापारिको सानो गाउँमा

भाग्यले डोर्यायो मलाई यस ठाउँमा

भाग्यले डोर्यायो मलाई यस ठाउँमा

मोहनी छाएको तिम्रो मुहारमा

झुमिरहूँ जस्तो लाग्छ पाउजुको झन्कारमा

तिमी लालीगुराँस फुलेजस्ती

तिमी सुनगाभा फक्रेजस्ती

नहेरूँ नि मन नबुझ्ने, हेरूँ भने मुटु छुने

तिमी को हौ? ए, भन, सुन्दरी

तिमी को हौ? ए, भन, सुन्दरी

तिमी को हौ? ए, भन, सुन्दरी

Más De Shambhujeet Baskota/Prakash Shrestha

Ver todologo