menu-iconlogo
huatong
huatong
kandara-band-chanchale-kanchhi-cover-image

Chanchale Kanchhi

Kandara Bandhuatong
rlksr1956huatong
Paroles
Enregistrements
चञ्चले कान्छीको जोबन हावासँगै उडिसकेछ

रहरलाग्दो कान्छीको यौवन, ठट्टा गर्दै बैँस ढल्केछ

चञ्चले कान्छीको जोबन हावासँगै उडिसकेछ

रहरलाग्दो कान्छीको यौवन, ठट्टा गर्दै बैँस ढल्केछ

भन्ज्याङमा लुकामारी खेली कहिले वारि, कहिले पारि हुन्थ्यौ

भन्ज्याङमा लुकामारी खेली कहिले वारि, कहिले पारि हुन्थ्यौ

देउराली डाँडामा बसेर, कान्छी, रातो रुमाल हल्लाउने गर्थ्यौ

तर आज कान्छीको उमेर पहाडमै खेल्दै बितेछ

चञ्चले कान्छीको जोबन हावासँगै उडिसकेछ

रहरलाग्दो कान्छीको यौवन, ठट्टा गर्दै बैँस ढल्केछ

ऐना सामु बसेर, कान्छी, तिमी धेरै बेर टोलाई बस्थ्यौ

ऐना सामु बसेर, कान्छी, तिमी धेरै बेर टोलाई बस्थ्यौ

दुई चुल्ठो बाटेर, कान्छी, तिमी आफैलाई सुन्दरी ठान्थ्यौ

तर आज कान्छीको उमेर ऐना हेर्दै ढल्किसकेछ

चञ्चले कान्छीको जोबन हावासँगै उडिसकेछ

रहरलाग्दो कान्छीको यौवन, ठट्टा गर्दै बैँस ढल्केछ

पहाडमै खेल्दै बितेछ

ऐना हेर्दै ढल्किसकेछ

Davantage de Kandara Band

Voir toutlogo