केटि:( भकारी चित्रा गोठ माथी
जुसेली जुँगा ओठ माथी डर लाग्यो मलाई आम्मै २)
केटा:( देउराली बनेछ ढुङगाको
पिर केलाई मान्छौ जुगाको काटदिउला बरु जम्मै २)
(अप्लोड: कुसाङ चेम्जोङ)
केटा:( यी बङगाली दारी मेरा पन्जाबैका जुगा २)
सिउरी दिउकी चुलाठिमा लाहुरे फुलका थुगा
ए सिउरी दिउकी चुलाठिमा लाहुरे फुलका थुगा
केटि: (अल्लारेका फुलका थुगा कागजभन्दा सस्ता २)
नक्कलेका दारी जुँगा दुम्सी काडा जस्ता
ए नक्कलेका दारी जुँगा दुम्सी काडा जस्ता
(सङगीत)
केटा: (आकाशैमा हवाईजहाज पानीमाथी डुङगा २)
(तिम्रै लागि साचेको छु मैले दारी जुँगा २)
केटि: (घङगारोका काडा जस्ता तिम्रा दारी जुङगा २)
(रङग उडाउला पात झर्ला नछोउ फुलका थुङगा २)
[स्वर: खेमराज गुरुङ/रीमा गुरुङ]
केटा:( जुँगा बेची कानैभरी ढुङगृ लाउली ग्यानो २)
(दारी काटी बनाई दिउला सिरक दस्ना न्यानो २)
केटि: (खरानिको डोरि बाटी जुँगा काटी सिउला २)
(झ्यापुभरी भैंसी चराउ किन मान्छौ झ्याउला २)
केटा: देउराली बनेछ ढुङगाको
पिर केलाई मान्छौ जुगाको काटदिउला बरु जम्मै
केटि: भकारी चित्रा गोठ माथी
जुसेली जुँगा ओठमाथी डर लाग्यो मलाई आम्मै
केटा: (खौरिदिउला दारी जुँगा साबुन दलि दलि २)
आउन मैय्या खाली दिलमा गर ढलिमली
ए आउन मैय्या खाली दिलमा गर ढलिमली
केटि: (जुँगा काटी ठिटो हुन्न सिङ भाचेर बहर २)
बूढो पोईको ओछ्यान लाउने छैन मलाई रहर
ए बूढो पोईको ओछ्यान लाउने छैन मलाई रहर
केटा: देउराली बनेछ ढुङगाको
पिर केलाई मान्छौ जुगाको काटदिउला बरु जम्मै
केटि: भकारी चित्रा गोठ माथी
जुसेली जुँगा ओठमाथी डर लाग्यो मलाई आम्मै
केटा : काटदिउला बरु जम्मै
केटि: डर लाग्यो मलाई आम्मै