menu-iconlogo
logo

Pritko Rang

logo
Paroles
सादा छु म, तिमी आई ममा रङ्ग भरिदेऊ

आधा छु म, तिमी छाई मलाई पूरा गरिदेऊ

सादा छु म, तिमी आई ममा रङ्ग भरिदेऊ

आधा छु म, तिमी छाई मलाई पूरा गरिदेऊ

म तिम्रो प्रीतको रङ्गमा घोलिन चाहन्छु

म सधैँ तिम्रो भई तिमीभित्रै बिलिन चाहन्छु

यी आँखाले सधैँभरि केवल एउटै सपना देख्छ

यो मुटु पनि हरेक पल तिम्रो लागि धड्किन्छ

यी आँखाले सधैँभरि केवल एउटै सपना देख्छ

यो मुटु पनि हरेक पल तिम्रो लागि नै धड्किन्छ

त्यो सपना तिमी हौ, यो मुटुमा तिमी छौ

त्यो सपना तिमी हौ, यो मुटुमा तिमी छौ

आऊ सुन, तिमीलाई यो धड्कन सुनाउँछु

म तिम्रो प्रीतको रङ्गमा घोलिन चाहन्छु

म सधैँ तिम्रो भई तिमीसँगै रहन चाहन्छु

मबाहेक तिमीलाई अरू कसैले नसोचोस्

यो जुनीमा तिमीलाई अरू कसैले नरोजोस्

मबाहेक तिमीलाई अरू कसैले नसोचोस्

यो जुनीमा तिमीलाई अरू कसैले नरोजोस्

मेरो रोजाइ तिमी हौ, सोचाइ तिमी हौ

रोजाइ तिमी हौ, सोचाइ तिमी हौ

यो दुनियाँदेखि म तिमीलाई लुकाउँछु

म तिम्रो प्रीतको रङ्गमा घोलिन चाहन्छु

म सधैँ तिम्रो भई तिमीभित्रै बिलिन चाहन्छु

Pritko Rang par Pratap Das/Prabisha Adhikari - Paroles et Couvertures