बिर्सेर मलाई टाढा भैदियौ
अब फर्की हेरी नदेउ
बिर्सेर मलाई टाढा भैदियौ
अब फर्की हेरी नदेउ
म तिम्रो बिछोडमा मरिजाने त होईन
म तिम्रो खुशीमा जलीजाने त होईन
म तिम्रो बिछोडमा मरिजाने त होईन
म तिम्रो खुशीमा जलीजाने त होईन
तिमीलाई आफ्नो भनि बोलाउने
शायद मेरो अधिकारै छैन
बिर्सेर मलाई टाढा भैदियौ
अब फर्की हेरी नदेउ ...
बसन्त फेरी नआउने त होईन
जूनतारा आकाशमा नछाउने त होईन
बसन्त फेरी नआउने त होईन
जूनतारा आकाशमा नछाउने त होईन
निभेको आगोले पोल्यो भने
आँशु झार्ने म कहिले छैन
बिर्सेर मलाई टाढा भैदियौ
अब फर्की हेरी नदेउ ...
बगेको खोला फर्की आउने त होईन
निभेको दियो बलि जाने त होईन
बगेको खोला फर्की आउने त होईन
निभेको दियो बलि जाने त होईन
आफैंमा यदी हराए भने
सम्हालिदिने यहाँ कोही छैन
बिर्सेर मलाई टाढा भैदियौ
अब फर्की हेरी नदेउ
बिर्सेर मलाई टाढा भैदियौ
अब फर्की हेरी नदेउ ...