menu-iconlogo
huatong
huatong
avatar

malai basurile ruwayo

Anju Pantahuatong
revwf86huatong
Lirik
Rekaman
मलाइ बासुरीले रुवा...यो

मलाइ बासुरीले रुवा...यो

साइला

नबजाऊ बासुरी

सम्झना आउछ निष्ठुरी

सम्झना आउछ बैगुनी

सम्झनाले चोलि रुझायो

साइला

नबजाऊ बासुरी

तिम्ले धोका दिदैमा म त किन मर्थे र

बाचेर पो मैले तिम्रो खुशी देख्न पाउला

तिम्ले धोका दिदैमा म त किन मर्थे र

बाचेर पो मैले तिम्रो खुशी देख्न पाउला

संसारकै नमुना होस् तिम्रो नया जोडी

पठाएछौ निम्तो भने बधाई दिन आउला

पठाएछौ निम्तो भने बधाई दिन आउला

मलाइ बासुरीले रुवा...यो

साइला

नबजाऊ बासुरी

ओल्लो डाली न्याउली रुन्छे

पल्लो डाली कोइली

एउटै बन बेग्लै मन नाचेको छ मजुर

ओल्लो डाली न्याउली रुन्छे

पल्लो डाली कोइली

एउटै बन बेग्लै मन नाचेको छ मजुर

हार्नेको त आशु पुछ्ने हात भेटिदैन

जता जित उतै तालि बजाउछन हजुर

जता जित उतै तालि बजाउछन हजुर

मलाइ बासुरीले रुवा...यो

मलाइ बासुरीले रुवा...यो

साइला

नबजाऊ बासुरी

सम्झना आउछ निष्ठुरी

सम्झना आउछ बैगुनी

सम्झनाले चोलि रुझायो

साइला

नबजाऊ बासुरी

मलाइ बासुरीले रुवा...यो

दुइ दिनको जिन्दगीमा किन अरुको मन रुवाउनु

आफ्नो खुशीको लागि अरुलाई

रुवाउन ठिक होला र ?

Selengkapnya dari Anju Panta

Lihat semualogo

Kamu Mungkin Menyukai