कति खुशी हुन्छौ होला माछी लेउमा हुँदा
त्यो भन्दा नि खुशी हुन्छु तिमी छेउमा हुँदा
हो, तिमी छेउमा हुँदा
आधा शरीर तिमी हौ, आधा म
परिआउँदा थापौँला काँध म
आधा शरीर तिमी हौ, आधा म
परिआउँदा थापौँला काँध म
परिआउँदा थापौँला काँध म
खुशीको त सिमा छैन तिमी साथमा छँदा
यस्तै माया पाइरहूँ तिम्रो सदा-सदा
हो, तिम्रो सदा-सदा
आधा शरीर तिमी हौ, आधा म
परिआउँदा थापौँला काँध म
आधा शरीर तिमी हौ, आधा म
परिआउँदा थापौँला काँध म
परिआउँदा थापौँला काँध म
खुशी हुने तिम्रो मन बनाउँदिन खिन्न
मैले सास फेरुन्जेली तिम्लाई दुःख दिन्न
हो, तिम्लाई दुःख दिन्न
आधा शरीर तिमी हौ, आधा म
परिआउँदा थापौँला काँध म
आधा शरीर तिमी हौ, आधा म
परिआउँदा थापौँला काँध म
परिआउँदा थापौँला काँध म
जन्म लियौ तिम्ले कसको, मैले कसको कोखमा?
हुल रैछ एकअर्काको यही पिर्थिबी लोकमा
हो, यही पिर्थिबी लोकमा
आधा शरीर तिमी हौ, आधा म
परिआउँदा थापौँला काँध म
आधा शरीर तिमी हौ, आधा म
परिआउँदा थापौँला काँध म
परिआउँदा थापौँला काँध म
कोइले गोरी, कोइले काली, रोज्छन् अग्ली-होची
रोजेँ तिम्लाई हजारौँमा मैले केइ नसोची
हो, मैले केइ नसोची
आधा शरीर तिमी हौ, आधा म
परिआउँदा थापौँला काँध म
आधा शरीर तिमी हौ, आधा म
परिआउँदा थापौँला काँध म
परिआउँदा थापौँला काँध म
तिम्रो माया one-one भए मेरो झनै two-two
तिमीबिना धड्किन्न यो माया गर्ने मुटु
हो, माया गर्ने मुटु
आधा शरीर तिमी हौ, आधा म
परिआउँदा थापौँला काँध म
आधा शरीर तिमी हौ, आधा म
परिआउँदा थापौँला काँध म
परिआउँदा थापौँला काँध म
मरिजाँदा लानु के छ? साथमा गोजी हुन्न
आज मरे भोलि दुई दिन कोइलाई खोजी हुन्न
हो, कोइलाई खोजी हुन्न
आधा शरीर तिमी हौ, आधा म
परिआउँदा थापौँला काँध म
आधा शरीर तिमी हौ, आधा म
परिआउँदा थापौँला काँध म
परिआउँदा थापौँला काँध म
चाहे लागोस् चर्को घाम, चाहे परोस् झरी
सधैँ तिम्लाई देख्न पाम् है आँखा वरिपरि
हो, आँखा वरिपरि
आधा शरीर तिमी हौ, आधा म
परिआउँदा थापौँला काँध म
आधा शरीर तिमी हौ, आधा म
परिआउँदा थापौँला काँध म
परिआउँदा थापौँला काँध म