menu-iconlogo
huatong
huatong
avatar

Kanchhi He Kanchhi

Prakash Shrestha/Bimala Raihuatong
emmerawxhuatong
Lirik
Rekaman
हे, मर्दले आँटे नि वर्षदिन भन्छन्

आइमाईले आँटे नि एकैछिन, हे

म धाउन लागेको दुई वर्ष पुग्यो नि

तिमीले आँट्ने कुन दिन रे?

कान्छी, हे कान्छी

कान्छी, हे कान्छी

हे, कान्छीकै हित बोल न

हे, मनको कुरा खोल न

म मादल घनघन घनकाउँला

तिमी जुरेलीजस्तै नाच न

कान्छा, हो कान्छा

यो मन मेरो कहाँ मान्छ नि?

हे, भुरुरु उडेर जान्छ नि

जहाँ आफ्नो हितको माया छ

त्यही तानीतानी लान्छ नि

निदाउरो किन? आजको दिन विरह गाउनु हुँदैन

परदेशीसित बिर्सेर पनि पिरती लाउन हुँदैन

पिरती लाउन हुँदैन

सुरिलो रुखको खिरिलो हाँगा, टुप्पैमा पात छैन

भोकलाई भोजन, निन्द्रालाई ओछयान

पिरतीलाई जात छैन

पिरतीलाई जात छैन

भरेर माया लाइन्न, जोखेर माया पाइन्न

भरेर माया लाइन्न, जोखेर माया पाइन्न

आँखाले हेर्यो, मनले बेर्यो मायाको घेरो, कान्छी

कान्छी, हे कान्छी

हे, कान्छीकै हित बोल न

हे, मनको कुरा खोल न

म मादल घनघन घनकाउँला

तिमी जुरेलीजस्तै नाच न

कान्छा, हो कान्छा

यो मन मेरो कहाँ मान्छ नि?

हे, भुरुरु उडेर जान्छ नि

जहाँ आफ्नो हितको माया छ

त्यही तानीतानी लान्छ नि

मनमा भए वनमा, कान्छी, मन्तर कसले देख्छ र?

खाने र मुखलाई जुँगाले, कान्छी, कहिले पो नि छेक्छ र?

कहिले पो नि छेक्छ र?

कर्म त लेख्छ भावीले, कान्छा, लाएर माया लाइन्न

देखेको मात्रै पाइन्छ, कान्छा, लेखेर त पाइन्न

लेखेर त पाइन्न

ढुङ्गा पनि रसाउला, ज्यान फूल पनि बसाउला

ढुङ्गा पनि रसाउला, ज्यान फूल पनि बसाउला

मुटु नै चिरी दिउँला है, कान्छी, मै मरी जाउँला, कान्छी

कान्छी, हे कान्छी

हे, कान्छीकै हित बोल न

हे, मनको कुरा खोल न

म मादल घनघन घनकाउँला

तिमी जुरेलीजस्तै नाच न

कान्छा, हो कान्छा

यो मन मेरो कहाँ मान्छ नि?

हे, भुरुरु उडेर जान्छ नि

जहाँ आफ्नो हितको माया छ

त्यही तानीतानी लान्छ नि

कान्छी, हे कान्छी

हे, कान्छीकै हित बोल न

हे, मनको कुरा खोल न

म मादल घनघन घनकाउँला

तिमी जुरेलीजस्तै नाच न

कान्छा, हो कान्छा

यो मन मेरो कहाँ मान्छ नि?

हे, भुरुरु उडेर जान्छ नि

जहाँ आफ्नो हितको माया छ

त्यही तानीतानी लान्छ नि

कान्छी, हे कान्छी

कान्छा, हो कान्छा

कान्छी, हे कान्छी

कान्छा, हो कान्छा

कान्छी, हे कान्छी

कान्छा, हो कान्छा

कान्छी, हे कान्छी

कान्छा, हो कान्छा

कान्छी, हे कान्छी

कान्छा, हो कान्छा

कान्छी, हे कान्छी

कान्छा, हो कान्छा

Selengkapnya dari Prakash Shrestha/Bimala Rai

Lihat semualogo
Kanchhi He Kanchhi oleh Prakash Shrestha/Bimala Rai - Lirik & Cover