menu-iconlogo
huatong
huatong
avatar

Samaj Ko Kura

Samriddhi Raihuatong
chelsiebean1huatong
Lirik
Rekaman
जैले भेटे सोधि हाल्छन, "बिहे कैले गर्ने?"

"केहि साल लाग्ला," भन्दा त्यो मन नपर्ने

ठिकै छ चिन्ता छैन, मायालु छ साथमा

अनी ऊ भन्छ, "बर पार्नु आफ्नै जातमा"

"उसो भए अहिल्यैनै बिहे म गर्दिन"

ऊ भन्छ, "बुडेश्कालमा एक्लै मर्न खोज्छौ तिमी किन?"

दैव हो, बुझाइदेउ समाजको कुरा यो

ए दैव, हो, बुझाइदेउ समाजको कुरा यो

हो, लै बरी लै बरी

हो, लै बरी लै

दुब्लो देखे भन्छन, "घरमा खाना दिँदैन हुन्"

खाइलाग्दो देख्दा भन्छन्, "ओइ! एता आइज टुनटुन"

साथिहरु धेरै भए, बिग्रीयो हल्लिदै

घरमा बसे बिलौना छ, एक्कल काटे भन्दै

यो गरे नि हुन्न हजुर, त्यो गरे नि हुन्न

त्यसैले मग्न भई झुँमौ आफ्नै धुनमा

दैव हो, बुझाइदेउ समाजको कुरा यो

ए दैव, हो, बुझाइदेउ समाजको कुरा यो

हो, लै बरी लै बरी

हो, लै बरी लै

हो, लै बरी लै बरी

हो, लै बरी लै

"छोरा छोरी बराबर रे" फुक्छन् सञ्चार

जीवन को दौडमा फेरी नारी कै हार

छोरालाई बनाउने रे, "धेरै ठुलो मान्छे"

छोरी बन्नु पर्छ अरे, "सिपलु भान्छे"

जुन देशमा देवी पुज्छन्, त्यही चेली हेला

आमाको नाममा पहिचान दिने बेला कहिले हो?

दैव हो, बुझाइदेउ समाजको कुरा यो

ए दैव, हो, बुझाइदेउ समाजको कुरा यो

हो, लै बरी लै बरी

हो, लै बरी लै

हो, लै बरी लै बरी

हो, लै बरी लै

Selengkapnya dari Samriddhi Rai

Lihat semualogo