menu-iconlogo
huatong
huatong
avatar

Kundesh Ki Pari

suresh lamahuatong
sam535huatong
Lirik
Rekaman
कुन देशकी परी हौ तिमी?

कुन देशकी परी हौ तिमी? साह्रै मन पऱ्यो नि

स्वर्गबाट धर्तीमा

स्वर्गबाट धर्तीमा तिम्रै हुन झरेँ नि

कुन देशकी परी हौ तिमी? साह्रै मन पऱ्यो नि

संसारका सारा खुसी तिमीलाई दिउँला

सयौँ जुनी तिम्रै काखमा हाँसीहाँसी जिउँला

संसारका सारा खुसी तिमीलाई दिउँला

सयौँ जुनी तिम्रै काखमा हाँसीहाँसी जिउँला

फिक्का-फिक्का जिन्दगीमा रङ्ग भरिदेऊ

छोडी आउँछु सारा संसार, सिउँदो भरिदेऊ

कुन देशकी परी हौ तिमी? साह्रै मन पऱ्यो नि

जिन्दगीका सुखदुःख तिमीसँग बाँड्न पाऊँ

तिम्रो काखमा अन्तिम सास मैले फेर्न पाऊँ

जिन्दगीका सुखदुःख तिमीसँग बाँड्न पाऊँ

तिम्रो काखमा अन्तिम सास मैले फेर्न पाऊँ

दुनियाँले छुटाउलान् हाम्रो चोखो माया

कसम खान्छु, वाचा गर्छु, हुन्न दायाँबायाँ

कुन देशकी परी हौ तिमी? साह्रै मन पऱ्यो नि

स्वर्गबाट धर्तीमा

स्वर्गबाट धर्तीमा तिम्रै हुन झरेँ नि

कुन देशकी परी हौ तिमी? साह्रै मन पऱ्यो नि

Selengkapnya dari suresh lama

Lihat semualogo

Kamu Mungkin Menyukai