यो सम्झिने मन छ म बिर्सु कसरि
तिमि नै भनि देउ ए जाने निष्ठुरी
यो सम्झिने मन छ म बिर्सु कसरि
तिमि नै भनि देउ ए जाने निष्ठुरी
यी औला ति नै हुन् तिमीले चुमेका
परेली यी नै हुन् तिमीले पुछेका
यी औला ति नै हुन् तिमीले चुमेका
परेली यी नै हुन् तिमीले पुछेका
म सक्दिन आफ्नै प्रतिविम्ब छोप्न
म सक्दिन छाती फुटाएर जोड्न
यो सम्झिने मन छ म बिर्सु कसरि
तिमि नै भनि देउ ए जाने निष्ठुरी
पखाले यी आँखा पनि दृश्य उही छ
जहाँ नै म हिडे पनि धर्ति उही छ
पखाले यी आँखा पनि दृश्य उही छ
जहाँ नै म हिडे पनि धर्ति उही छ
न सक्छु म आकाश चिथोरेर फेर्न
न सक्छु म जुन को उज्यालो नै छेक्न
यो सम्झिने मन छ म बिर्सु कसरि
तिमि नै भनि देउ ए जाने निष्ठुरी