menu-iconlogo
huatong
huatong
avatar

Kahile Yo Maya

Natikaji/Tara Devihuatong
planetebackpackershuatong
Testi
Registrazioni
कहिले यो माया बिर्सेनी भुलेर दिनमा

उडी त यहि आउँछौ फर्केर बासमा

सुन्ने छु तिम्रै आवाज, गोधुली याममा

किन हो यति भरोसा बसेछ तिमीमा

किन हो यति भरोसा बसेछ तिमीमा

प्रत्येक खुसि गन्दछौ अरुको सामुमा

केहि छ बाँकी आवश्य साँचेको आफुमा

साथ त्यो मेरो नै हुनेछ एक्लोपनमा

किन हो यति भरोसा बसेछ तिमीमा

किन हो यति भरोसा बसेछ तिमीमा

तेजले धर्ति ढाकेनी उज्यालो घाममा

केहि छ तिम्रो सायद धमिलो मनमा

मायाको दियो मेरै हो अँध्यारो पलमा

किन हो यति भरोसा बसेछ तिमीमा

किन हो यति भरोसा बसेछ तिमीमा

सुखको बेला हजारौ होलान साथमा

दुखको घडी आउँदा जीवन बाटोमा

हुने छौ तिमि मेरो नै थाकेको बेलामा

किन हो यति भरोसा बसेछ तिमीमा

किन हो यति भरोसा बसेछ तिमीमा

किन हो यति भरोसा बसेछ तिमीमा

Altro da Natikaji/Tara Devi

Guarda Tuttologo
Kahile Yo Maya di Natikaji/Tara Devi - Testi e Cover