menu-iconlogo
huatong
huatong
avatar

Ke Bar Magi Farkeu Bhana

Nepali Talimhuatong
Ram_Sharan_Stha⭐️🇳🇵huatong
Testi
Registrazioni
नमस्कार नेपाली तालिमबाट,

रमश पौडेल शब्द र नारायण पयमाझीको संगीत र राम भक्त जोजिजुको स्वरमा रहेको गीत

१...........

के बर मागी फर्केउ भन, तिम्ले पुज्ने देउता सित।

दुनियालाई नभने नि, (भन्न हुन्छ एउटा सित)२

के बर मागी फर्केउ भन, तिम्ले पुज्ने देउता सित।

दुनियालाई नभने नि, (भन्न हुन्छ एउटा सित)२

२..........

(मन्दिरबाट फर्किएकी, हाथमा फूलको थाली रै छ)२

निदारको टिका माथी, (सिउदो त्यसै खाली रै छ)२

बर माग्दा सिन्दुर माग्नु, दिन्छन् भने देउता सित

दुनियालाई नभने नि, (भन्न हुन्छ एउटा सित)२

३................

(जिन्दगीमा कसैसंग, आखिर नाता जोड्नै पर्छ)२

अरुले झै तिम्ले पनि, (जन्म घर त छोड्नै पर्छ)२

स्वर्ग जस्तै घर माग्नु, दिन्छन् भने देउता सित।

दुनियालाई नभने नि, (भन्न हुन्छ एउटा सित)२

........

के बर मागी फर्केउ भन, तिम्ले पुज्ने देउता सित

दुनियालाई नभने नि, भन्न पर्छ एउटा सित

भन्नै पर्छ एउटा सित ।

धन्यवाद

नेपाली तालिम

Altro da Nepali Talim

Guarda Tuttologo