menu-iconlogo
huatong
huatong
avatar

Simali Chhayama Basi-Original Track _Jeevan Sharma-Nepali Talim

Nepali Talimhuatong
Nepali_Talim_YouTubehuatong
Testi
Registrazioni
एल्बम रक्तिमबाट रक्तिम गीत

...

(सिमली छायाँमा बसी भरिया लामो सास फेरेको

उमेर भै सक्यो असि झनठूला दुखले घरेको)२

.....

(छोरा छोरी पालेँ तालेँ यै भारीको भरमा)२

जीवन भरी कैले पनि सुध्रिएन कर्म

(बैशाखको धुपमा पनि सुख पाईन मैले) २

साउनको बाढी पहिरो भन्न पाईन मैले

निमुखो यो सर्बहारा, सातुको कोसेली फुकायो

भिजेको जिउको सारा, डाँडामा पसिना सुकायो ।

सिमली छायाँमा बसी भरिया लामो सास फेरेको

उमेर भै सक्यो असि झनठूला दुखले घरेको

...

(छोरी हरू हुर्के बढे, घरघर गए) २

छोराहरू पाँचै भाई मुग्लानिया भए

(नातीनीर नातीहरु, जन्मे भन्छ कुन्नी) २

मेरो साथी छौरो बाहेक छैन अरु सुन्नी

मागेर थुरेर भएन, पसिना नझारी केही छैन

बोकेर अर्कैको भारी, जीन्दगी थामेको जुहारी

सिमली छायाँमा बसी भरिया लामो सास फेरेको

उमेर भै सक्यो असि झनठूला दुखले घरेको

....

(कहिले काँहीँ साथ दिने बुढी थिई घर) २

छोरा छोरी सम्झी सम्झी रून्थीन धरधर

(मलाई भन्दा छिट्टै आयो उस्लाई पापि काल) २

हात खुट्टा सुन्नाएर गुमाई उस्ले चोला

सम्झेर पुराना दिन, आँखामा समुन्द्रै छल्कियो

झन् धेरै साहुको ऋण सम्झेर हृदय सल्कियो

सिमली छायाँमा बसी भरिया लामो सास फेरेको

उमेर भै सक्यो असि झनठूला दुखले घरेको

.....

(नुन तेल लुगा छैन महँगो रासन) २

मेरो उमेर भन्दा बुढो सामन्ती साशन

(यो बेबस्था रहुन्जेल पाइन सास फोर्न) २

मै बुढोनी जान्छु अब सामन्तलाई घेर्न

उठहै भरिया ज्यामी यो देश खरानी भैसक्यो

गैसक्यो यो हाम्रो जुनी अबत अबेला भैसक्यो

सिमली छायाँमा बसी भरिया लामो सास फेरेको

उमेर भै सक्यो असि झनठूला दुखले घरेको

रचना, गायन तथा संगीत

जनताका गायक जीवन शर्मा

एल्बम रक्तिमबाट

Track Uploaded by

Nepali Talim

Thank you

Altro da Nepali Talim

Guarda Tuttologo