menu-iconlogo
huatong
huatong
Testi
Registrazioni
But you don't look like Foeseal

तिमीलाई मैले गर्छु धेरै माया

कसरी व्यक्त गरूँ, भन

शब्द-शब्द जोडी व्यक्त गर्न

शब्द नै काफी छैन

तिमीलाई मैले रोज्नेछु जहिले

आज जस्तो हरेक दिन

संसारले भनून् जे चाहे

माया गर्न म रोकिन्न

तिमी सामु हुँदा मन-मस्तिष्कले परवाह गर्दैन अरू केहीको

हो, तिमी भए पुग्छ

तिमी मेरो चाहनाबाट आवश्यकता बन्न पुगिसकेछौ

तिमी नै मेरो खुशीको कारण हौ

माया मेरो तिमीलाई मनभरिको सबै नै

दिइरहनेछु म सधैँ

राख्नेछु अँगालेर, माया साथ सँगालेर

माया दिन्छु यो जीवन रहँदै

आज सिरानीमा म पल्टिरहेछु

आँखाको सामु तिमीलाई नै देखिरहन्छु

तिम्रो याद आइरहन्छ मलाई

तिमीलाई देख्दा मन मेरो न्यानोपनले भरिँदछ

तिम्रो सामु यो मेरो जीवन रङ्गीन लाग्छ

तिमी भन न, अब के गरूँ? मेरो मनले तिमीलाई मात्र चाहन्छ

हरेक (हरेक) ढुकढुकीले (ढुकढुकीले)

तिम्रो नै नाम पुकार्छ (तिम्रो नै नाम पुकार्छ)