menu-iconlogo
huatong
huatong
avatar

Meri Champa

Tanka timilsinahuatong
slimshezdhuatong
Testi
Registrazioni
स्वर्गैकी अप्सरा आज भुईँमा झरी

(हे बरै) हे बरै

स्वर्गैकी अप्सरा आज भुईँमा झरी

लजाउँदै-लजाउँदै मेरै छेउमा सरी

धपक्कै मिल्याको जिउडाल, चरी है कि परी?

च्याप्प समाई काखमा राखूँ लाग्दो घरीघरी

पीपलपाते ओठमाथि, मेरी चम्पा

पुक्क-पुक्क गाला, पुक्क-पुक्क गाला

हात समाई साथ छोड्न्याछैन, मेरी चम्पा

गया परान जाला, गया परान जाला

गाजलु बिर्स्यौ, कि बिर्स्यौ कालो टिका?

(हे बरै) हे बरै

गाजलु बिर्स्यौ, कि बिर्स्यौ कालो टिका?

ती सोझा परेली भाछन् फिका-फिका

लाज झिकै लाग्याको रैछ, नजर अन्तै गयो

झ्याप्प मलाई छोयौ ज्यानले, कसो-कसो भयो

कुक्क-कुक्क बाडुल्कीमा, मेरी चम्पा

सौँराइ लागी तेरी, सौँराइ लागी तेरी

एउटै चिन्तालाग्दो मलाई, मेरी चम्पा

कैल होल्ली मेरी, कैल होल्ली मेरी

त्यो मलिन मुहारमा आउन लाछ पिम्पल

(हे बरै) हे बरै

त्यो मलिन मुहारमा आउन लाछ पिम्पल

यस्तै हो चाहिएको मलाई सिम्पल-सिम्पल

छमछम बजाई हातका चुडी लुट्यौ मेरो मन

लुकीलुकी सपनीमा कहिले आउँछ्यौ? भन

सुस्त-सुस्त बोली उनको, मेरी चम्पा

छमछम हातका चुडी, छमछम हातका चुडी

यति राम्री अप्सरालाई, मेरी चम्पा

भन्न पाइयोस् 'बुढी', भन्न पाइयोस् 'बुढी'

Altro da Tanka timilsina

Guarda Tuttologo