menu-iconlogo
huatong
huatong
avatar

Baaki

Bartika Eam Raihuatong
rhill43229huatong
歌詞
レコーディング
सिनेमा धेरै हेर्ने गर्छु

एक्लो जून देख्यो कि गाउन मन लाग्ने

सङ्गीत बेसी सुनेर हो कि

पानी पर्यो कि भिज्न मन लाग्ने

भावना प्रदर्शन गर्न सक्ने

साहसी म धेरै मान्छे हैन

सक्किसकेको यो जिन्दगीमा

तिमी आयौ कहाँदेखि?

के सही, के गलत हो?

फुस्रो गणितमा यसै फसेको थेँ

दुई प्रतिशत पनि तलमाथि नहोस्

भविष्य खै के मैले सोचेको थेँ

पुराना संसारबाट भागेको थेँ

अनि ओइ साथी, सोचेजस्तै भयो के तेरो जिन्दगी?

भावना सबै लुकाइसकेको

साहसी म धेरै मान्छे होइन

सक्किसकेको यो जिन्दगीमा

तिमी आयौ कहाँदेखि?

म सक्दिन

संसारसित हारेको थेँ

म केही होइन

संसारलाई विश्वास गरेँ

आफूदेखि आफूलाई बचाउन कहाँबाट?

आफूसँग आफूलाई भेटाउन कहाँबाट?

सक्किसकेको यो जिन्दगीमा

तिमी आयौ कहाँदेखि?

बाँकी जे-जति जिन्दगी छ

मेरो भागको सारा खुशी तिम्रै निम्ति

Bartika Eam Raiの他の作品

総て見るlogo

あなたにおすすめ

Baaki by Bartika Eam Rai - 歌詞&カバー