----कोरस------
केटा- पाउजुको छमछम
चुरीको छनछन
हे, पाउजुको छमछम
चुरीको छनछन
मेरो ज्यानै जाने भो लौ झनझन
-----कोरस------
रातमा निन्द्रा छैन, दिनमा तिर्खा छैन
ह रातमा निन्द्रा छैन, दिनमा तिर्खा छैन मेरो
-----कोरस-----
केटी- यो जोबन तिम्रै हो
मेरो माया तिम्रै हो
यो जोबन तिम्रै हो
मेरो माया तिम्रै हो
मेरा सारा खुशीहरु तिम्रै
----कोरस-----
मरिलानु के पो छ र
दुई दिनको जिन्दगी यो
हो, मरिलानु के पो छ र
दुई दिनको जिन्दगी यो हाम्रो
----कोरस-----
----म्युजिकल ब्रेक----
केटा- मन भित्र, मेरो तस्बिर
सजाइराख तिमी
टाढा भये, जिन्दगीमा
सम्झिराख है तिमी
हे, मन भित्र, मेरो तस्बिर
सजाइराख तिमी
टाढा भये, जिन्दगीमा
सम्झिराख है तिमी
---- छोटो म्युजिक----
केटी- आउ आउ आउ तिमी
मेरो संसार सजाउ
फूलको लाली भित्र राखी
पिरतिमा रमाउ
केटा- पाउजुको छमछम
चुरीको छनछन
मेरो ज्यानै जाने भो लौ झनझन
-----कोरस----
रातमा निन्द्रा छैन, दिनमा तिर्खा छैन
ह रातमा निन्द्रा छैन, दिनमा तिर्खा छैन मेरो
------कोरस-----
-----म्युजिक----
केटी- औशीको रात, दियो बाली
मेरो माया खोज है
पुर्णेको रात, जुनलाई हेरी
मेरो मुहार सम्झ है
हे, औशीको रात, दियो बाली
मेरो माया खोज है
पुर्णेको रात, जुनलाई हेरी
मेरो मुहार सम्झ है
---छोटो म्युजिक--
केटा- आउ आउ आउ तिमी
मनको मन्दिरमा आउ
पाउजुको झन्कार सँगै
मायामा भुलौ आउ
केटी-यो जोबन तिम्रै हो
मेरो माया तिम्रै हो
मेरा सारा खुशीहरु तिम्रै
----कोरस-----
मरिलानु के पो छ र
दुई दिनको जिन्दगी यो
हो, मरिलानु के पो छ र
दुई दिनको जिन्दगी यो हाम्रो
----कोरस-----
केटा- पाउजुको छमछम
चुरीको छनछन
मेरो ज्यानै जाने भो लौ झनझन
-----कोरस------
रातमा निन्द्रा छैन, दिनमा तिर्खा छैन
ह रातमा निन्द्रा छैन, दिनमा तिर्खा छैन मेरो
-----कोरस------