menu-iconlogo
huatong
huatong
avatar

Jani Na Jani

Oasis thapahuatong
mlrosen8401huatong
歌詞
レコーディング
कसरी सम्झौता गरुँ दुई भावनाहरू बिच एक्लै मैले?

कसरी भरुँ रित्तिएको मुटुमा झुटो मायाका वाचा यसै?

कसरी सुनाउँ तिमीलाई मेरो उदासीपनका धुनहरु सबै?

कसरी सम्हालु भौतारिने धड्कन जब छल्दैछ आफ्नै छायाले?

त्यही नि जानी-नजानी आज किन मुस्कुराउन पुगेँछु?

तिमीलाई जिस्काउने बानी सम्झिँदै किन गीत कोर्न पुगेँछु?

तिमीलाई सम्झाउ कसरी मैले? जवाफ दिँदा दुख्छ नि

कतैकतै मेरो मुटु नजिक, गुमाए खुसी पाउन तिमी

अँगाल्यौ मलाई तिम्रै यादहरुले

मुटु निको हुँदै गर्दा फेरि

बिर्सिंदै थियो पुराना पलहरू, सानो

झझल्को देखी सम्झियो फेरि

गुनगुनाउछ धड्कन तिम्रै नाम हरपल

आँसु मात्रै बगेता पनि किन गर्छ हलचल

उज्यालो, अँध्यारो हुँदै मन डरायो

मुठ्ठीमा कसेको डोरी फुस्किएर हरायो

त्यही नी जानी-नजानी आज किन मुस्कुराउन पुगेँछु?

तिमीलाई जिस्काउने बानी सम्झिँदै किन गीत कोर्न पुगेँछु?

तिमीलाई सम्झाउ कसरी मैले? जवाफ दिँदा दुख्छ नि

कतैकतै मेरो मुटु नजिक, खोज्दा माया हराएँ आफै

म देख्दै छु आफैलाई यो भिड माझ हराएको

डोराई लैदेऊ न कोही मेरो पाइला नै नचल्ने भो

सुनाउँदै छु आफैलाई झुटो सपनाका कहानी सबै

हराएँ म यो भिडमा फेरि

जानी-नजानी आज किन मुस्कुराउन पुगेँछु?

तिमीलाई जिस्काउने बानी सम्झिँदै किन गीत कोर्न पुगेँछु?

जानी-नजानी आज किन मुस्कुराउन पुगेँछु?

तिमीलाई जिस्काउने बानी सम्झिँदै किन गीत कोर्न पुगेँछु? (सक्यो)

Oasis thapaの他の作品

総て見るlogo

あなたにおすすめ