menu-iconlogo
huatong
huatong
tara-devi-ukali-orali-haruma-cover-image

Ukali Orali Haruma

Tara Devihuatong
mypain4uhuatong
歌詞
収録
###Tara devi

उकाली ओराली हरुमा,

भन्ज्यांग अनि चौतारी हरुमा।

सुन्दर ति, दह हरुमा,

हिमालका विशाल छातीहरुमा।

जहाँ जहाँ जान्छौ तिमी,

म पाईला बनि पछ्याई रहन्छु।

ति छहरा, खोला, खहरेहरुमा,

सम्झना बनि बगिरहन्छु।

उकाली ओराली हरुमा।

तराईका हरिया फाँटमा,

पहाडका तरेलीहरुमा।

तराईका हरिया फाँटमा,

पहाडका तरेलीहरुमा

हिमालका सुन्दर, अनि विकट ति,

बस्ती-बस्तीहरुमा।

जहाँ जहाँ जान्छौ तिमी,

म बाटो बनि साथै आईरहन्छु।

ति सुस्केरा,थकाई,सुसेलीहरुमा,

गीत बनि गुन्जिरहन्छु।

उकाली ओराली हरुमा।

मुटु कमाउने जाडो हरुमा,

कपाल दुख्ने गर्मीहरुमा।

मुटु कमाउने जाडो हरुमा,

कपाल दुख्ने गर्मीहरुमा

मन हर्ने सुन्दर दृष्य,

शान्त-शितल वातावरणमा।

जहाँ जहाँ जान्छौ तिमी,

म आकाश बनि देखिरहन्छु।

ति लेक,बेशी अनि पाखा हरुमा,

पवन बनि भेटिरहन्छु।

उकाली ओराली हरुमा।

Tara Deviの他の作品

総て見るlogo

あなたにおすすめ