आधी आधी जिउनु छ यहाँ,
टुक्रा टुक्रामा रमाई।
पारी तर्न खोज्दै छु फेरि
चुडिएको डोरी समाई।
अब स्वास फेर्न खोज्दा निसासिन्छु।
मत पाइला चाल्न खोज्दा भासिंछु।
मेरो मन, कहिँ टाढा लैजा रे।
लैजा ..... मेरो मन आज
लैजा ..... मेरो मन आज
यो भिडभन्दा धेरै पर।
फर्किन चाहन्छु आफ्नै घर।
लैजा रे .....
लैजा रे........
यहाँको चलन मान्न, मान्न सकिन।
यहाँको खुशी किन्न सकिन।
आ.....आ.......आ....
यहाँको चलन मान्न, मान्न सकिन।
यहाँको खुशी किन्न सकिन।
सुन्छु म यहाँ, यो सहर को भिडमा।
सुन्छु म यहाँ, यो सहर को भिडमा।
मान्छे हरुको मुटु छैन रे।
लैजा ..... मेरो मन आज।
लैजा ..... मेरो मन आज।
यो भिडभन्दा धेरै पर।
फर्किन चाहन्छु आफ्नै घर।
लैजा रे .....
लैजा रे .....
दबाई खुशी हास्न सकिन।
यो झुटो नाता गास्न सकिन।
आ.....आ.......आ....
दबाई खुशी हास्न सकिन।
यो झुटो नाता गास्न सकिन
देख्छु मा यहाँ बनावटी सबै।
देख्छु मा यहाँ बनावटी सबै।
यहाँ कोहि आफ्नो छैन रे।
लैजा ..... मेरो मन आज।
लैजा ..... मेरो मन आज।
यो भिडभन्दा धेरै पर।
फर्किन चाहन्छु आफ्नै घर।
लैजा रे ..... लैजा रे।