म तिम्रो आफ्नो मान्छे बनूँ
तिमीलाई मेरो रानी भनूँ
हो, म तिम्रो आफ्नो मान्छे बनूँ
तिमीलाई मेरो राजा भनूँ
खुलेर आऊ मेरो अँगालोमा
म रङ्गीन बन्न सकूँ
जुनी-जुनी, सयौँ जुनी म तिम्रो बन्न सकूँ
जुनी-जुनी, सयौँ जुनी म तिम्रो बन्न सकूँ
म तिम्रो आफ्नो मान्छे बनूँ
तिमीलाई मेरो राजा भनूँ
जोडेर मन-मुटु तिमीसँग
बढ्न थाल्यो मायामा उमङ्ग
हो, जोडेर मन-मुटु तिमीसँग
बढ्न थाल्यो मायामा उमङ्ग
खुलेर आऊ, मेरो दिलमै छाऊ
म गीत बन्न सकूँ
जुनी-जुनी, सयौँ जुनी म तिम्रो बन्न सकूँ
जुनी-जुनी, सयौँ जुनी म तिम्रो बन्न सकूँ
म तिम्रो आफ्नो मान्छे बनूँ
तिमीलाई मेरो राजा भनूँ
म त हुँदा जहिले तिम्रो साथमा
माया पाउँछु तिम्ले गर्ने बातमा
Hmm, म त हुँदा जहिले तिम्रो साथमा
माया पाउँछु तिम्ले गर्ने बातमा
भुलेर आऊ यो दुनियाँ सारा
हामी एक बन्न सकूँ
जुनी-जुनी, सयौँ जुनी म तिम्रो बन्न सकूँ
जुनी-जुनी, सयौँ जुनी म तिम्रो बन्न सकूँ
म तिम्रो आफ्नो मान्छे बनूँ
तिमीलाई मेरो रानी भनूँ