menu-iconlogo
huatong
huatong
avatar

Timro Aankhako Sagarma

Prakash Shrestha/Aasha Bhoslehuatong
MunindraBajracharyahuatong
가사
기록
तिम्रो आँखाको सागरमा

नमस्ते ज्वजलपा

गायक गायिका

प्रकाश श्रेष्ठ, आशा भोसले

चलचित्र"चेलीबेटी"

केटा

तिम्रो आँखाको सागरमा

लहर लहर दौडी रहन्छ

तिम्रो आँखाको सागरमा

लहर लहर दौडी रहन्छ

केटी

त्यही लहर माझमा

मेरो सपना पौडीरहन्छ

त्यही लहर माझमा

मेरो सपना पौडीरहन्छ

केटा

यो सपनालाई तिमी

केटी

यो सपनालाई तिमी

केटा +केटी (both)

किनारसम्म आउँन देउ

केटा

तिम्रो आँखाको सागरमा

लहर लहर दौडी रहन्छ.....

केटी

कति तृष्णा छन्

यहाँ प्यासमा सुकेका

कति नदी छन् गहराईमा डुबेका

केटा

यही गहराई मा कति आधी चल्छ

हरेक वर्ष हिमाल

तिमी भित्र गल्छ

केटी

मेरो मायालाई ....

गहराई तर्न देउ......

केटा

मेरो ढुकढुकी तिमी ....

भित्र सर्न देउ......

तिम्रो आँखाको सागरमा

लहर लहर दौडी रहन्छ

केटी

त्यही लहर माझमा

मेरो सपना पौडीरहन्छ......

केटा

कति नाउ छन्

यहाँ धारमा बसेका

कति जिन्दगी

भुमरीमा फसेका

केटी

प्रणय आशमा कति दीप बल्छ

हरेक साँझ एकदिन

सागर भित्र ढल्छ

केटा

मेरो दीप एउटा

तिमी बल्न देऊ

केटी

मेरो नाउ एउटा

लहरामा चल्न देऊ

केटा

तिम्रो आँखाको सागरमा

लहर लहर दौडी रहन्छ

तिम्रो आँखाको सागरमा

लहर लहर दौडी रहन्छ

केटी

त्यही लहर माझमा

मेरो सपना पौडीरहन्छ

पौडीरहन्छ....

पौडीरहन्छ....

पौडीरहन्छ......

सुभाय् ,धन्यवाद

Prakash Shrestha/Aasha Bhosle의 다른 작품

모두 보기logo

추천 내용