menu-iconlogo
huatong
huatong
avatar

रातो टिका निधारमा नयाँ -Rato Tika Nidharma _Pramod & Melina

Pramod Kharel And Melina Raihuatong
Nepali_Talimhuatong
가사
기록
नमस्कार,

सबैले गाउँ रमाऔ यो लकडाउन र क्वारेन्टाइन सस्दा

=======

केटा : रातो टिका निधारमा टलक्क टल्कियो

केटी : ढाका टोपी सिरैमा ढलक्क ढल्कियो

=======

केटा :

रातो टिका निधारमा टलक्क टल्कियो

छाति भित्र मायाको आगो सल्कियो

हे विजुलिको तार तार तार तर

(फुर्सद भए ए हजुर भेटौ शनिबार) २

केटी :

ढाका टेपी शिरैमा ढलक्कै ढल्कियो

माया चोर्ने खेलाडी झुलुक्कै झुल्कियो

हे बिजुलिको तार तार तार तार

(फुर्सट छैन ए हजुर आउँदो शनिबार)२

==================

केटा

भिर माहुरिलाई भिरकै पिर

घर माहुरिलाई घरकै पिर

यो माहुरिको मन चैं बस्यो भन को तिर

सलाम भन को तिर

केटी

लाकुरिको ठूलो छाँया

माकुरिको सानो छायाँ

पापि नजर घुमाउनेलाई हैन यो माया

सलाम हैन यो माया

केटा : हे बिजुलिको तार तार तार तार

(फुर्सद भए ए हजुर भेटो शनिबार)२

============

केटा

ढुंगोलाई माटो को भर

माटो लाई ढुंगाको भर

सिन्दुर हाली लैजानेको लाग्दैनकी डर

सलाम लाग्दैनकी डर

केटी

पिपलुलाई बरको भर

जाइलाई जुइको भर

माया माग्ने भिकारिको के को मान्नु डर

सलाम के को मान्नु डर

केटा : हे विजुलिको तार तार तार तार

फुर्सद भए ए हजुर भेटौ शनिबार

केटी : फुर्सद छैन ए हजुर आउँदो शनिबार

----

केटा :रातो टिका निधारमा टलक्क टल्कियो

छाती भित्र मायाको आगो सल्कियो

हे विजुलिको तार तार तार तार

(फुर्सद भए ए हजुर भेटौ शनिबार)२

---

केटी :ढाका टोपी शिरैमा ढलक्क ढल्कियो

माया चोर्ने खेलाडी झुलुक्क झुल्कियो

हे विजुलिको तार तार तार तार

(फुर्सद छैन ए हजुर आउँदो शनिबार)२

Track Uploaded by Nepali Talim

Sing and Be Happy in this Covid-quarantine Time

Pramod Kharel And Melina Rai의 다른 작품

모두 보기logo