यात्रा रहेछ जिन्दगी, एक्लै म हिँडिदिन्छु

घुम्तीमा लोलाउने, घुम्तीमा लोलाउने फूलसँगै हाँसिदिन्छु
फूलसँगै हाँसिदिन्छु

ताराहरूको आकाश आँखामा बाँचिदिन्छ
हो, ताराहरूको आकाश आँखामा बाँचिदिन्छ
हृदयभरिको सङ्गीत हिमालमा फैलिदिन्छ
हो, हृदयभरिको सङ्गीत हिमालमा फैलिदिन्छ
हिमालमा फैलिदिन्छ
क्षितिजको लाली म त भावनाले पिइदिन्छु
घुम्तीमा लोलाउने, घुम्तीमा लोलाउने फूलसँगै हाँसिदिन्छु
फूलसँगै हाँसिदिन्छु
यात्रा रहेछ जिन्दगी, एक्लै म हिँडिदिन्छु
सपनाको फूलबारीमा परेली अल्झिदिन्छ
हो, सपनाको फूलबारीमा परेली अल्झिदिन्छ
आशा दियो बलेझैँ सागरमा बलिदिन्छ
हो, आशा दियो बलेझैँ सागरमा बलिदिन्छ
सागरमा बलिदिन्छ
हुरी बहने लेकमा पाइला म चालिदिन्छु
घुम्तीमा लोलाउने, घुम्तीमा लोलाउने फूलसँगै हाँसिदिन्छु
फूलसँगै हाँसिदिन्छु
यात्रा रहेछ जिन्दगी, एक्लै म हिँडिदिन्छु
हो, एक्लै म हिँडिदिन्छु
धन्यवाद