menu-iconlogo
huatong
huatong
Lirik
Rakaman
चाहन्छु माया बढोस्, हाम्रो माया अमर बनोस्

मन सरिसकेछ थाहै नपाई तिमीसँग

माया बसिसकेछ थाहै नपाई तिमीसँग

मन सरिसकेछ थाहै नपाई तिमीसँग

माया बसिसकेछ थाहै नपाई तिमीसँग

आँखाले खोजेको, मनले रोजेको तिमीलाई, मात्र तिमीलाई

मन भुलिरहन्छ आजभोलि तिम्रै वरिपरि

गुनगुनाइरहन्छ यी ओठले तिम्रो नै गीत बनाई

मन पराइसकेछु थाहै नपाई तिमीलाई

मुटुमा राखिसकेछु थाहै नपाई तिमीलाई

चाहन्छु माया बढोस्, हाम्रो माया अमर बनोस्

देखिरहन्छु रातैभरि सपनीमा तिमीलाई

टोलाइरहन्छु दिनैभरि सम्झेर तिमीलाई

आफ्नो बनाइसकेछु थाहै नपाई तिमीलाई

प्राण सुम्पिसकेछु थाहै नपाई तिमीलाई

चाहन्छु माया बढोस्, हाम्रो माया अमर बनोस्

Lebih Daripada Saroj Pokharel/Rachana Rimal

Lihat semualogo